Logo
१७ बैशाख २०८१, सोमबार
(April 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीतिमा लागेका शिक्षक चिन्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग सहयोग

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षक पहिचानका लागि निर्वाचन आयोगको सहयोग मागेकी छन् ।

मंगलबार शिक्षा मन्त्रालयमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भएको भेटमा उनले शिक्षक, कर्मचारी, प्राध्यापकहरुको राजनीतिक आवद्धता पहिचानमा सहयोग गर्न आग्रह गरेकी हुन् ।

प्रमुख आयुक्तसँग भएको छलफलबारे मन्त्री श्रेष्ठले भनिन् ‘मन्त्रालयले प्रमाण जुटाउन आवश्यक विवरण निर्वाचन आयोगबाट प्राप्त हुने अपेक्षा गरेको छौं ।’

छलफलका क्रममा प्रमुख आयुक्त थपलियाले विद्यमान कानुन, अदालतबाट भएका फैसला र अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर दलमा आबद्ध शिक्षक र कर्मचारीलाई कारवाही गर्न समस्या नरहेको बताएका मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

थपलियाको भनाइ उधृत गर्दै सचिवालयका एक सदस्यले भने, ‘विगतमा निर्वाचन आयोगले निर्णय नै गरेको छ र कानुन कार्यान्वयन गराउन निर्वाचन आयोगको सहयोग रहन्छ ।’

प्रकाशित मिति: Apr 16, 2024

प्रतिक्रिया दिनुहोस्