Logo
१७ बैशाख २०८१, सोमबार
(April 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

२ वैशाख, काठमाडौं । नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । अभियान अन्तर्गत बालबालिकाहरुलाई विद्यालय पठाउन आह्वान गर्दै सन्देश प्रसारणदेखि घरदैलो अभियानसम्म सन्चालन गर्नेसम्मका कार्ययोजना बनाइएको छ ।

भर्ना अभियानको क्रममा वैशाख २ गतेदेखि जेठ २० गतेसम्म कसले के गर्ने भनेर कामको जिम्मेवारी निर्धारण गरिएको छ । सोही अनुसार अभियान सन्चालन गर्न मन्त्रालयले सबै सरोकारवालालाई भनेको छ । कार्ययोजना अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय जाने उमेर पुगेका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्न आह्वान गरेका छन् ।

आज वैशाख २ गतेदेखि २१ गतेसम्म ३० वटा एफएम रेडियोबाट सातवटै प्रदेशबाट भर्ना अभियान सम्बन्धी सन्देश प्रसारण हुनेछन् । यसको प्रबन्ध शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मिलाएको छ ।

अभियान अन्तर्गत विद्यालयहरु र स्थानीय तहको शिक्षा शाखाले वैशाख ५ गते घरदैलो कार्यक्रम गर्ने, वैशाख १० गते विद्यार्थीलाई पोशाक र छात्रवृत्ति वितरण गर्ने, वैशाख ९ गते भर्ना हुन बाँकी बालबालिकाको विवरण तयार गर्ने र वैशाख १० गते नै भर्ना भएका विद्यार्थीहरुको विवरण स्थानीय तहमा पेश गर्ने कार्ययोजना छ ।

स्थानीय तहले विद्यार्थी भर्ना अभियानको समष्टिगत प्रतिवेदन शिक्षा विकास तथा समन्वय एकाइमा र एकाइले जेठ १५ गतेभित्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पेश गर्नुपर्ने छ ।

यसैगरी निजी लगानीका विद्यालय (संस्थागत विद्यालय)लाई छात्रवृत्तिको कोटा कार्यान्वयनसहित विद्यार्थी भर्ना गर्न भनिएको छ ।

शिक्षा पाउनु हरेक बालबालिकाको संविधान प्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएकाले सोको कार्यान्वयनका लागि सरकारले हरेक वर्ष वैशाखमा विद्यालय भर्ना अभियान सन्चालन गर्दै आएको छ । सरकारसँग २०८५ वैशाख भित्र आधारभूत तहको शिक्षा अनिवार्य सुनिश्चित गराउनुपर्ने कार्यभार छ ।

हेर्नुहोस् विद्यालय भर्ना अभियानको कार्ययोजना–

प्रकाशित मिति: Apr 14, 2024

प्रतिक्रिया दिनुहोस्