Logo
६ जेष्ठ २०८१, आईतबार
(July 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निसानले नयाँ सुविधाहरू सहितको मैग्नाइट रेड एडिशन लन्च गर्‍यो

निसानले सन् २०२० पछि म्याग्नाइटको नयाँ रातो रंगको संस्करण सार्वजनिक गरेको र पुरानो म्याग्नाइट XV ट्रिम मोडेलको तुलनामा, यो मोडेलले केही आधुनिक सुविधाहरू दिएको छ ।

निसानको म्याग्नाइट रेडको प्रारम्भिक मूल्य ७ लाख ८६ हजार (IC) रुपैयाँ रहेको छ ।

नयाँ म्याग्नाइट रेड मोडलमा गाडीका केही भागलाई रातो कलरको डिजाइन दिइएको छ । यो डिजाइनसँगै गाडीलाई अझ राम्रो लुकका साथ लन्च गरिएको र गाडीमा रहेको एलईडीको वरिपरि रातो रंगको डिजाइन पनि दिइएको छ । यसमा ८ इन्चको एलईडी टच स्क्रिन पनि छ ।

गाडीमा १६ इन्चको डायमण्ड कट अलोय ह्वीलहरू छन् । साथै, गाडीमा स्टप एण्ड स्टार्ट बटन, ब्रेक असिस्ट सिस्टम र स्पीड कन्ट्रोल सिस्टम रहेको छ । गाडीमा ७ इन्चको LED TFT प्रणाली पनि छ । टीएफटी प्रणालीमा चालक, गाडीको गति, कति पेट्रोल छ र गाडीसँग सम्बन्धित अन्य केही जानकारी पाउन सकिन्छ ।

लन्च कार्यक्रममा निसानका प्रबन्ध निर्देशक रोकेश श्रीवास्तवले भने – “म्याग्नाइटको यो मोडल ग्राहकहरुले निकै रुचाएका छन् । अहिलेसम्म १ लाखभन्दा बढीले बुकिङ गरेका छन्” । निसानका एमडीले भने–” यो गाडी प्रविधि जान्ने युवाका लागि राम्रो विकल्प हुनसक्छ” ।

निसान मोटर्सले म्याग्नाइट रेड दुई रङमा लन्च गरेको र यो गाडी Onyx Black र Storm White कलरमा उपलब्ध छ। साथै, म्याग्नाइटको यो मोडलमा निसान मोटर्सले २ वर्षभित्र १५०० भन्दा बढी सहरहरूमा २४X७ रोड साइड सहायता उपलब्ध गराउने छ ।

प्रकाशित मिति: Jul 14, 2022

प्रतिक्रिया दिनुहोस्