Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पवनदीप र अरुनिताको पहिलो नेपाली गित शिखर सन्तोषको संगीतमा आउदैं

लोकप्रिय तथा बरिष्ठ संगीतकार शिखर सन्तोषको संगीतमा इन्डियन आइडल विजेता पवनदीपले नेपाली गीतमा पहिलो पटक स्वर दिएका छन् । उनले गीतकार तथा कवि आनन्द अधिकारीको शब्दमा नेपाली गीत गाएका हुन् ।

गीत हालै मुम्बई रेकर्ड गरिएको र म्युजिक नेपालबाट छिट्टै सार्वजनिक हुने गीतको बोल अहिले गोप्य राखिएको छ ।

नेपालीबजार ध्यानमा राखेर तयार गरिएको गीतमा अरुनिताको पनि स्वर छ उनी पहिलो पटक नेपाली गीत गाएकी हुन् । पवनदीप र अरुनिता दुबैको स्वर रहेको गीतले नेपाली संगीतिक बजारमा राम्रो चर्चा पाउने अपेक्षा संगीतकार सन्तोषको रहेको छ भने उक्त गीतको रचनाकार भने एस पी सापकोटा रहेका छन्।

स्मरण रहोस संगीतकार शिखर सन्तोषले भारतकि प्रख्यात गायिका लता मंगेस्करको नेपाली गित बाँचुन्जेलीलाईू मा समेत संगीत भरेका छन् ।

प्रकाशित मिति: Jul 8, 2022

प्रतिक्रिया दिनुहोस्