Logo
६ जेष्ठ २०८१, आईतबार
(June 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्य ५०० रुपैयाँले बढयो

सुनको मूल्य बिहीबार तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य बिहीबार बढेर प्रतितोला ९८ हजार रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

तेजाबी सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भई ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य स्थिर छ । बुधबार प्रतितोला एक हजार २८० रुपैयाँ रहेको चाँदी बिहीबार पनि सोही मूल्यमा नेपाली बजारमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति: Jun 9, 2022

प्रतिक्रिया दिनुहोस्