Logo
१५ बैशाख २०८१, शनिबार
(May 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सम्पत्ति शुद्धीकरण मुद्धामा अरविन्द केजरीवाल सरकारका मन्त्री पक्राउ

सम्पत्ति शुद्धीकरण मुद्धामा दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँग हवाला लेनदेनमा संलग्न थिए ।

केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई)ले जैन र उनको परिवारविरुद्ध अगस्ट २०१७ मा १ दशमलब ६२ करोड भारुसम्मको सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।

आम आदमी पार्टीले उनको पक्राउको विरोध गरेको छ । जैन हिमाञ्चल प्रदेशको आम आदमी पार्टीका इन्चार्ज हुन् ।

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोडियाले एक ट्वीटमा हिमाञ्चल प्रदेशमा आगामी चुनावलाई प्रभावित गर्ने उदेश्यले जैनलाई गिरफ्तार गरिएको आरोप लगाएका छन् ।

केही साताअघि भएको विधान सभा निर्वाचनमा आम आद्मीले दिल्लीको अतिरिक्त गुजरात राज्यमा आश्चर्यजनक सफलता प्राप्त गरेको थियो ।

आम आदमी पार्टीले भ्रष्टचार र अनियमिततालाई जरैदेखि उन्मुलन गर्ने कोले उद्घोष गर्दै आएको छ ।

प्रकाशित मिति: May 31, 2022

प्रतिक्रिया दिनुहोस्