Logo
१५ बैशाख २०८१, शनिबार
(April 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : नेपालमा भित्रिएको हिरो एक्सपल्स २०० फोरभीका यस्ता छन् विशेषता !

नेपाली बजारमा हिरोको एड्भेन्चर मोटरसाइकल एक्सपल्स २०० फोरभी औपचारिक रुपमा भित्रिएको छ ।हिरोको नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङले अन्य एक मोटरसाइकल र स्कुटरका साथै यो मोटरसाइकल समेत सार्वजनिक गरेको हो ।

इन्जिन
एक्सपल्स २००, २०० सीसीको बीएस६ आयल कू्ल्ड इन्जिनद्वारा सुसज्जित छ, जसले ८५०० आरपीएममा १९।१ पीएसको पावर र ६५०० आरपीएममा १७.३५ एनएमको टर्क जेनेरेट गर्छ ।

४ भल्भ आयल कूल्ड इन्जिनले मध्य र उच्च गति ९टप–एन्ड स्पिड रेन्ज०मा उत्कृष्ट शक्ति प्रदान मात्र गर्दैन तर कम्पनहरूलाई नियन्त्रणमा राख्दै उच्च गतिमा पनि तनावमुक्त इन्जिन कार्यसम्पादन प्रदान गर्दछ ।

हाइ-टेक एडभेन्चर

नवीनतम प्रविधिले सुसज्जित, एक्सपल्स २०० फोरभीले अधिक दूरीको लागि एक आरामदायक सवारी ग्यारेन्टी गर्दछ । परिष्कृत एलईडी हेडलाइटले राती राम्रोसँग देख्न सकिने तुल्याउँछ र सडकलाई समान रूपले उज्यालो बनाउँछ।

यसले स्मार्टफोन कनेक्टिभिटी र कल अलर्ट, टर्न–बाइ–टर्न नेभिगेसन, गियर इन्डिकेटर, इको मोड र मानक प्रस्तावको रूपमा दुई ट्रिप मिटर र सिंगल च्यानल एबीएस जस्ता सेगमेन्ट–फस्र्ट विशेषताहरू उपलब्ध गराएको छ ।

एडभेन्चर ट्युन्ड

सबैखालका भू–भागमाथि विजयको मनोभावसहित मोटरसाइकलमा लङ सस्पेन्सन ट्राभल –१९० एमएम फ्रन्ट र १७० एमएम रियर साथै २१ इन्च फ्रन्ट र १८ इन्च रियर स्पोक ह्वील रहेको छ । चट्टाने र जोखिमयुक्त भू–भागहरूमा समस्यामुक्त यात्रा सवारी सुनिश्चित गर्नको लागि मोटरसाइकलमा इन्जिनलाई जोगाउने आल्मुनियम स्किड प्लेट, अधिकतम पकड र नियन्त्रणको लागि नयाँ दाँत भएको ब्रेक प्याडल र गहिरो पानीको सतह पार गर्न सक्षम बनाउने अपस्वेप्ट निकासले सुसज्जित छ ।

अनरअफ-रोड तयारी

दोहोरो प्रयोगयुक्त टायर ९डुअल पर्पज टायर०, १० स्टेप एडजस्टेबल मोनो–सक सस्पेन्सन, ८२५ एमएमको पहुँचयोग्य सिट उचाइ र २२० एमएमको हाई ग्राउन्ड क्लियरेन्सले साहसिक राइडरका लागि राम्रो राउन्ड प्याकेज प्रदान गर्दछ ।

राम्रोसँग इञ्जिनियरिङ गरिएको च्यासिस सेटअपका कारण एक्सपल्स २०० फोरभीले दैनिक यात्राको लागि होस् वा ग्रामीण–सडक ९कन्ट्री रोड्स०मा वा अफ–रोड भू–भागमा आनन्ददायक यात्राको लागि उत्कृष्ट सवारी अनुभव प्रदान गर्दछ ।

दिन-रातको सवारी

परिष्कृत यात्रा क्षमताको लागि, मोटरसाइकलले बंजी हुक भएको प्लेट प्रदान गर्छ र जसले पछाडि एक जना यात्रुसँगै पनि सामान बोक्न मिल्छ । सुधारिएको सिटको आरामपनले हरेक किलोमिटरको यात्रालाई अझ आरामदायी र अथक बनाउँछ ।

सुरक्षात्मक विन्डसिल्डले हावा र मौसमको राम्रो सुरक्षाका साथै सवारीमा थप बढी आराम प्रदान गर्छ । यूएसबी चार्जरले राइडरलार्ई यात्रा जोडिइरहन मद्दत गर्दछ तथा फ्रन्ट र रियर पेटल डिस्क ब्रेकले प्रभावकारी रूपमा ब्रेक लगाउनमा मद्दत गर्दछ ।

रोमाञ्चक रंग विकल्प

साहसिक र अफ-रोडको भावनाबाट प्रेरित भएर, नयाँ एक्सपल्स २०० फोरभी तीन नयाँ रोमाञ्चक रंग– ट्रेल ब्लू, ब्लिट्ज ब्लू, र रेड रेड विकल्पहरूमा आउँछ, जसले सडकमा सबैको ध्यान आकर्षित गर्नेछ ।

र्‍याली किट

यसअघि नै प्रमाणित तथा मोटरस्पोर्टप्रति उत्साहीहरूलाई मनपर्ने, र्‍याली किटले एक्सपल्स २०० फोरभीलाई पूर्ण विकसित (याली मेसिनमा रूपान्तरण गर्न जारी राख्नेछ । र्‍याली किट पूर्णतया पूर्ण रूपमा सडक कानुन अनुकूल छ ।

हिरो एक्सपल्स २०० फोरभीको मूल्य ४ लाख ५० हजार रुपैयाँ तोकिएको छ । ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकमलाई किस्ताबन्दीको रुपमा बुझाउन सक्ने व्यवस्था भएको कम्पनीले बताएको छ । नेपाल अटो

प्रकाशित मिति: Apr 5, 2022

प्रतिक्रिया दिनुहोस्