Logo
१५ बैशाख २०८१, शनिबार
(April 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फक्सवागन पोलोको ‘लेजेन्ड’ एडिसन सार्बजनिक

छिमेकी मुलुक भारतमा फक्सवागनले आफ्नो लोकप्रिय ह्याचव्याक कार पोलोको नयाँ एडिसन लन्च गरेको छ । भारतमा बिक्री शुरु गरेको १२ बर्ष पुरा भएको अवसर पारेर कम्पनीले यसको ‘लेजेन्ड’ एडिसन सार्बजनिक गरेको हो ।

जम्मा ७ सय युनिटमात्र उत्पादन गरिने यसको मूल्य १० लाख २५ हजार भारु निर्धारण गरिएको छ ।यो नयाँ एडिसनमा १.० लिटर थ्री सिलिन्डर टिएसआई इन्जिन जडान गरिएको छ ।

जसमा ६ स्पिड अटोमेटिक टर्क कन्भर्टर ट्रान्समिसन समेत उपलब्ध गराइएको छ । यसको अधिकतम पावर ११० पिएस र टर्क १७५ एनएम रहेको छ ।

जुन हाल कारोबार भैरहेको रेगुलर मोडलको तुलनामा निकै बढी हो ।यसको डिजाइनमा समेत केही फेरबदल गरिएको छ । फेन्डर र बुट व्याजमा लेजेन्ड लेखिएर आएको यो कारलाई थप स्पोर्टी बनाउन साइड बडी ग्राफिक्समा परिबर्तन गरिनुको साथै र व्ल्याक ट्रंक गार्निस र व्ल्याक रुफ रेल थप गरिएको छ ।

यो नयाँ एडिसनले पोलो कार पारखीमा बलियो छाप पार्ने विश्वास कम्पनीले लिएको छ ।भारतमा सन् २००९ देखी उत्पादन शुरु गरिएको र २०१० मा लन्च गरिएको यो कार फक्सवागनका लागी भारतमा लन्च गरिएको पहिलो कार हो ।

भारतमा हालसम्म ३ लाखभन्दा बढी पोलो बिक्री भैसकेका छन् । भारतमा उत्पादन हुने ह्याचब्याक कारमा पहिलोपटक डुअल एयर व्यागलाई अनिबार्य गरिएको पोलोले सन् २०१४ मा ग्लोबल एनक्यापले गरेको क्र्यास टेष्टमा ४ स्टार रेटिङ हात पार्न सफल भएको थियो ।

यो कार नेपाली ह्याचव्याक पारखीमाझ समेत लोकप्रिय बनिरहेको छ । नेपालमा यो कारलाई प्रिमियम ह्याचब्याक कारका रुपमा लिइँदै आइएको छ । नेपाल अटो

प्रकाशित मिति: Apr 4, 2022

प्रतिक्रिया दिनुहोस्