Logo
१५ बैशाख २०८१, शनिबार
(April 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्ता विशेषतासहित होन्डाले ११० सिसीको अर्को नयाँ स्कुटर ल्याउने !

होन्डाले ११० सिसीको अर्को नयाँ स्कुटर ल्याउने भएको छ । यसको लागि होन्डाले भारतमा आफ्नो लोकप्रिय स्कुटर स्कुपी ११० को प्योटेन्ट दर्ता गरेको छ ।

यो स्कुटर अवको केही समयपछि भारतमा उत्पादन हुने र ११० सिसी सेग्मेन्टमा नयाँ बेन्चमार्क खडा गर्न सक्ने विश्वास लिइएको छ ।
इन्डोनेशिया लगायत अन्य एसियलाी मुलुकमा बिक्री हुँदै आइरहेको यो स्कुटर फंकी रेट्रो डिजाइनका कारण लोकप्रिय बनिरहेको छ ।

अन्य एसियाली मुलुकमा हाल उपलब्ध यो स्कुटरमा ठूलो साइजको गोलाकार एलइडी हेडल्याम्प, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लसस्टर, प्रेजेक्टर हेडल्याम्प, यूएसवी चार्जर, स्मार्ट कि सिस्टम र १५.४ लिटरको अन्डर सिट स्टोरेज लगयात अन्य थुप्रै फिचर्स दिइएको छ ।

यसमा दिइएको स्मार्ट कि सिस्टममा कल व्याक, किलेश इग्निशन र एन्टि थेप्ट सिस्टम सामेल गरिएको छ ।१०९.५ सिसी क्षमताको इन्जिन जडान गरिएको यसको अधिकतम पावर ९ एचपी र टर्क ९.५ एनम रहेको छ ।

अगाडी टेलिस्कोपिक फर्क र पछाडी मोनोशक सस्पेन्सन दिइएको छ । १२ इन्चको अलोई ह्विल जडान गरिएको यो स्कुटरको अगाडी चक्कामा डिस्क र पछाडी ड्रम ब्रेक उपलब्ध रहेको छ ।

जुन होन्डाको कम्वी ब्रेकिङ सिस्टममा आधारित रहेको छ ।भारतमा ५ वर्ष अघिनै रोड टेष्ट गर्ने क्रममा देखा परेको यो स्कुटर लन्च भएपछि यसले यामाहा फेसिनोसंग प्रतिस्पर्धा गर्ने देखिन्छ ।

यो स्कुटरको अनुमानित मूल्य १ लाख ८ हजारदेखी १ लाख १२ हजार भारुसम्म पर्ने आँकलन गरिएको छ । नेपाल अटो

प्रकाशित मिति: Apr 3, 2022

प्रतिक्रिया दिनुहोस्