Logo
१५ बैशाख २०८१, शनिबार
(April 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल भित्रिदै सुजुकी एभेनिस टीभीएस एनटर्क यस्ता छन् विशेषता !

सुजुकीको नयाँ स्कुटर एभेनिस नेपाली बजारमा भित्रिने भएको छ । नेपालका लागि सुजुकी टु ह्विलरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले यो स्कुटर केही समयमै नेपाली बजारमा भित्रिने बताएको छ ।

सुजुकीका एक्सेस र बर्गम्यान स्कुटर पहिले पनि नेपाली बजारमा उपलब्ध छन् । तर अब सुजुकी एभेनिस भित्रिए पश्चात भने नेपालमा लोकप्रिय मानिएका टीभीएस एनटर्क, यामाहा रे जीआर र होन्डा डियोलाई यो स्कुटरले कडा टक्कर दिने अनुमान गरिएको छ ।

सुजुकी एभेनिसमा एफआई टेक्नोलोजीसहितको शक्तिशाली १२५ सीसी इन्जिन जडान गरिएको छ । जसले ६७५० आरपीएममा ८।७ पीएस पावर र ५५०० आरपीएममा १० एनएमको टर्क जेनेरेट गर्छ । स्कुटरको कुल वजन १०६ किलोग्राम छ ।

न्यु सुजुकी एभेनिस एसईपी टेक्नोलोजी र सुजुकी राइड कनेक्टले सुसज्जित रहेको र यसले गर्दा सबैभन्दा स्पोर्टी र तीव्र गतीको सवारी भएको कम्पनीले बताएको छ ।

ब्लुटुथ डिजिटल कन्सोलको साथमा सुजुकी राइड कनेक्ट एप्लिेकेसन मार्फत मोबाइल फोन सिंक गर्न सकिन्छ । जसमार्फत टर्न बाई टर्न नेभिगेसन, इनकमिङ कल, एसएमएस र ह्वाट्सएप अलर्ट डिस्प्ले, मिस्ड कल र अनरिड एसएमएस अलर्ट, ओभर स्पिड अलर्ट, फोनको ब्याट्री स्तर डिस्प्ले र आगमनको अनुमानित समय जस्ता फिचर प्रयोग गर्न सकिन्छ ।

सुजुकी एभेनिस कन्सोललाई एन्ड्रोइड र एप्पल दुवै फोनमा जडान गर्न सकिन्छ । फोन जडान गर्न आफ्नो एन्ड्रोइड टीएम वा आईओएस डिभाइसमा ’सुजुकी राइड कनेक्ट’ एप डाउनलोड गर्नुपर्छ र एप्लिकेसन इन्स्टल गरिसके पछि प्रयोगकर्ताले स्कुटरलाई फोनबाट कनेक्ट गर्न सकिन्छ । त्यसपछि नेभिगेसन असिस्टेन्स र लास्ट पार्क लोकेसन तथा ट्रिप रिपोर्ट जस्ता फिचर प्रयोग गर्न सकिन्छ ।

सुजुकी एभेनिसमा इन्धन भर्न सजिलोको लागि नयाँ बाहिरी हिंज टाइप फ्युल क्याप उपलब्ध गराइएको छ । सुजुकी एभेनिसमा यूएसबी सकेटको साथमा ठुलो अन्डर सिट स्पेस र फ्रन्ट बक्स जस्ता फिचर रहेको छ । एड्भान्स स्पोर्टी स्टाइलिङ, मोटरसाइकलबाट प्रेरित रियर इन्डिकेटर, बडी माउन्ट ब्राइट एलईडी हेडल्याम्प र एलईडी टेलल्याम्पले सुसज्जित रहेको छ । सुजुकी एभेनिसमा एड्भान्स स्पोर्टी डिजाइन रहेको छ । जसमा मोटरसाइकलबाट प्रेरित स्प्लिट ग्र्याब रेल, स्पोर्टी मफलर कभर, स्पिडी लुक दिने अलोय ह्विल, बोल्ड सुजुकी ब्रान्डिङ र ट्रेन्डी ग्राफिक्स जस्ता फिचर समावेश छ ।नेपाल अटो

प्रकाशित मिति: Apr 1, 2022

प्रतिक्रिया दिनुहोस्