Logo
१७ बैशाख २०८१, सोमबार
(March 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ सहयोग र सम्झौतालाई कार्यान्वयनमा लैजाने विदेशमन्त्री यीको प्रतिबद्धता

नेपाल भ्रमणणमा रहेका चिनिया विदेशमन्त्री वाङ यीले चिनियाँ सहयोग र सम्झौतालाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता ब्यक्त गरेका छन् । चिनिया विदेशमन्त्री वाङ यी र एमाले अध्यक्ष ओली नेतृत्वको टोलीबीच आइतबार भएको भेटवार्तामा चिनियाँ चिनियाँ पक्षले चिनियाँ सहयोग र सम्झौतालाई कार्यान्वयन गर्न प्रतिवद्ध रहेको जनाएको हो ।

भेटवार्तामा एमाले अध्यक्ष ओलीले नेपाल चीनबीच सम्झौता भएको बीआरआई परियोजना अघि बढाउन आग्रह गरेका थिए । अध्यक्ष ओलीले चिनियाँ पक्षसँग वीरआरआईसँग जोडिएका आयोजनाहरुलाई छिटोभन्दा छिटो अघि बढाएर पुरा गर्नुपर्नेमा जोड दिएका थिए ।

दुवै पक्षबीच दुई पक्षीय मामलाका विषयमा धेरै कुराहरु भएको भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख समेत रहेका राजन भट्टराईले जानकारी दिए ।

‘भेटका क्रममा द्दिपक्षीय मामलाका धेरै विषयमा कुराहरु भए’, विदेश विभाग प्रमुख भट्टराईले भने, ‘नेपाल र चीन दुईवटा मुलुक अत्यन्त नजिकको छिमेकी र सौहार्दपूर्ण सम्बन्ध रहेका मित्र मुलुक पनि । नेपालको विकासको साझेदार मुलुक चीन हो’, वाङ यीसँगको भेटवार्तामा अध्यक्ष ओलीले भनेका थिए ।

‘वीरआरआईसँग जोडिएका आयोजनाहरुलाई छिटोभन्दा छिटो अघि बढाउनुपर्छ र पुरा गर्नुपर्नेछ । त्यसभित्र पर्ने रोड, रेल, सिञ्चाई, जलविद्युत, नाका सञ्चालन, स्वास्थ्य, शिक्षा सबै अगाडि बढाउँदा नेपालको आकाँक्षा सम्मृद्ध नेपाल सुखी नेपाली पुरा हुन्छ’, अध्यक्ष ओलीको भनाइ उदृत गर्दै भट्टराईले जानकारी दिए ।

जवाफमा चिनियाँ विदेशमन्त्री वाङले नेपालले राखेको चासोप्रति सकारात्मक रहेको बताएका थिए । ‘चिनियाँ नेतृत्वका तर्फबाट तत्कालिन चीन नेपालबीच भएको वीआरआई परियोजना छिटो कार्यन्वयनमा जानुपर्छ, पुराना प्रतिवद्धताप्रति चीन पछि हटेको छैन र त्यसमा निरन्तरता र प्रतिवद्धता छ । त्यसमा फरकपन आएको छैन’, वाङले एमाले नेतृत्वसमक्ष भनेको थियो ।

त्यस्तै एमाले अध्यक्ष ओलीले कोरोनापछि बन्द भएका नाकाहरु खोल्न चीनमा अध्ययनरत नेपाली विद्यार्थीका समस्या सम्बोधन गर्न र हुम्लाभन्दा पारी समस्यामा परेका ५ सय मानिसहरूबारे अध्ययन गर्नुपर्नेमा जोड दिएका थिए । साथै दुई मुलुकका बीच अघि सार्न खोजेको हिमालय मल्टि डाइर्भसनका सन्दर्भमा समेत छलफल भएको थियो ।भेटवार्ताको अन्तिममा अध्यक्ष ओलीले कोभिड नियन्त्रणका लागि चीनले नेपाललाई गरेको सहयोगप्रति आभार प्रकट गरेका थिए ।

 

प्रकाशित मिति: Mar 27, 2022

प्रतिक्रिया दिनुहोस्