Logo
१५ बैशाख २०८१, शनिबार
(March 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओकिनावाको १५० किलोमिटर रेन्ज दिने नयाँ स्कुटर २४ मार्चमा लन्च हुँदैँ, यस्ता छन् विशेषता

छिमेकी मुलुक भारतीय इलेक्ट्रिक स्कुटर निर्माता ओकिनावाले २४ मार्चमा नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने भएको छ । ओखी ९० नाम गरेको यो स्कुटर निकै नै पावरफुल हुने कम्पनीले जनाएको छ ।

यो स्कुटरलाई एकपटक चार्ज गर्दा १५० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।स्कुटर भैकन पनि यसको पावर तथा पर्फमेन्स भने मोटरसाइकल सरह हुने कम्पनीको भनाई छ ।

लिथियम आयोन ब्याट्री प्याक र पावरफुल इलेक्ट्रिक मोटर जडान गरिएको यो स्कुटरलाई ८० किलोमिटर प्रतिघन्टाको उच्चतम गतिमा हाँक्न सकिने बताइएको छ । यसको मूल्य भारतीय बजारमा १ लाखदेखी १ लाख २० हजार रुपैयाँसम्म पर्ने आँकलन गरिएको छ ।

यो नयाँ स्कुरको हेडल्याम्प, टेल ल्याम्प र साइड इन्डिकेटरमा एलइडी लाइट दिइएको छ । यसमा दिइएको एलइडी इन्स्ट्रुमेन्ट क्लस्टरमा स्कुटरको गति, ब्याट्री चार्ज र रेन्जका बारेमा जानकारी दिने व्यवस्था मिलाइएको छ ।

कनेक्टेड टेक्नोलोजी, भेहिकल अलर्ट, जिओ-फेन्सिङ, टर्न वाई टर्न नेभिगेसन, ई-कल र डाइग्नोस्टिक लगायत फिचर्स समेत यसमा पाउन सकिने संभावना देखिएको छ ।

यो स्कुटरले भारतीय बजारमा ओला एस१, सिप्मल वान, बजाज चेतक, एथर ५०० एक्स लगायत अन्य इलेक्ट्रिक स्कुटरसंग प्रतिस्पर्धा गर्नेछ ।

भारतमा लन्च भए लगत्तै यो नयाँ स्कुटर नेपाल समेत भित्रिने संभावना देखिएको छ । विक्की इन्टरप्राइजेजले ओकिनाव ब्रान्डका लागी नेपालको आधिकारिक बितरकका रुपमा कार्य गर्दै आइरहेको छ । नेपाल अटो

 

प्रकाशित मिति: Mar 22, 2022

प्रतिक्रिया दिनुहोस्