Logo
१५ बैशाख २०८१, शनिबार
(March 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब ओकिनावा इलेक्टिक स्कुटर ५० प्रतिशत फाइनान्स सुबिधामा किन्न सकिने !

ओकिनावा स्कुटरको खरिदमा माछापुच्छ्रे  बैंकले फाइनान्स सुबिधा दिने भएको छ ।

नेपालका लागि आधिकारिक बिक्रेता बिएचसी इन्टनेश्नल स्रोतका अनुसार ग्राहकले सो बैंकबाट ५० प्रतिशत फाइनान्स सुबिधामा यी स्कुटर खरिद गर्न सक्नेछन् ।

बाँकी ५० प्रतिशत रकम भने डाउनपेमेन्ट बापत भुक्तानी गर्नुपर्ने हुन्छ ।भारतीय ब्रान्ड ओकिनावको नेपाली बजारमा ६० किलोमिटरदेखी १४० किलोमिटरसम्म रेन्ज दिने इलेक्ट्रिक स्कुटर उपलब्ध छन् ।

जसमध्ये आई प्रेजले सबैभन्दा बढी १४० किलोमिटर, प्रेज प्रोले ८८ किलोमिटर, रिज प्लसले ८४ किलोमिटर र आर३० तथा लाइटले ६० किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

यी स्कुटरको मूल्य क्रमश ३ लाख ४० हजार, २ लाख ६० हजार, २ लाख ३० हजार, १ लाख ७० हजार र १ लाख ८० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यी स्कुटरमा ३ वर्षको वारेन्टि र ब्याट्रीमा पनि ३ बर्ष अर्थात ३० हजार किलोमिटरसम्मको वारेन्टि सेवा उपलब्ध रहेको बताइएको छ ।नेपाल अटो

प्रकाशित मिति: Mar 21, 2022

प्रतिक्रिया दिनुहोस्