Logo
१५ बैशाख २०८१, शनिबार
(March 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यामाहाको नयाँ बर्ष अफर सार्बजनिक ! बम्परमा २० लाख ७९ हजार रुपैयाँ पुरस्कार पाइने

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बितरक एमएडब्लु इन्टरप्राइजेजले नयाँ बर्ष आफर सार्बजनिक गरेको छ ।

नयाँ बर्ष २०७९ लाई आधार मानेर ल्याइएकोे यो ज्याकपट अफरमा ग्राहकले सोही अंकलाई रकम मनेर त्यसलाई १ हजारले गुणान गर्दा प्राप्त हुने वरावरको रकम पुरस्कार पाइने बताइएको छ ।

उक्त अफर अन्तर्गत यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले स्योर सटमा २०७९ लाई ४ ले गुणान गर्दा आउने रकम ८ हजार ३ सय १६ रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यसैगरी २०७९ लाई १०० ले गुणान गर्दा आउने रकम २ लाख ७ हजार ९ सय रुपैयाँसम्म हरेक दिन जित्न सकिनेछ ।बम्परमा एकजना भाग्यसाली बिजेताले २० लाख ७९ हजार नगद पुरस्कार पाउन सक्नेछन् ।

वम्परमा दिइने यो रकम २०७९ लाई १ हजारले गुणान गरी निकालिएको हो । यी उपहारको अतिरिक्त ग्राहकले सून्य प्रतिशत व्याजदरमा न्यूनतम मासिक किस्ता भुक्तानी गरेर यामाहाको मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने बताइएको छ ।नेपाल अटो

प्रकाशित मिति: Mar 20, 2022

प्रतिक्रिया दिनुहोस्