Logo
१५ बैशाख २०८१, शनिबार
(March 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोयल इन्फिल्डको नयाँ मोटरसाइकल स्क्राम ४११ लन्च, यस्ता छन् विशेषता

भारतमा आकर्षक स्टाइल र फिचरमा रोयल इन्फिल्ड स्क्राम ४११ लन्च भएको छ । यसको मूल्य २ लाख ३ हजार भारु तोकिएको छ । सो बाइक ७ रङ विकल्पमा लन्च गरिएको छ ।

यसको टप भेरिएन्टको मूल्य २ लाख ८ हजार भारु रहेको छ । यो कम्पनीको अर्को बाइक हिमालयनमा आधारित छ ।बाइकमा रियर भ्यू मिरर, वायर स्पोक ह्विल र वाइड फेन्डरहरू छन् ।

यसका साथै यसमा सिंगल पीस सिट, राइज एक्जस्ट, इन्जिन गार्ड दिइएको छ । यसको हेलोजन हेडलाइट सामान्य छ । यस बाइकमा बेसिक स्वीचगियर दिइएको छ ।

रोयल इन्फिल्ड स्क्राम ४११ मा ट्विन पोड एनालग–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर छ र यसमा पोड ट्रिपर नेभिगेसन सिस्टम छ । बाइकको मुख्य क्लस्टर इन्स्ट्रयुमेन्टेन्समा एनालग स्पीडोमिटर, स्पिड देखाउनको लागि डिस्प्ले जोडिएको छ ।

गोलाकार पोडमा एलसीडी स्क्रिन छ जसले फ्युल स्तर, ट्रिप मिटर र ओडोमिटर तथा समय देखाउँछ ।रोयल इन्फिल्ड स्क्राम ४११ मा ४११ सीसी सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ ।

जसले ६५०० आरपीएममा २४।३ बीएचपीको पावर र ४५०० आरपीएममा ३२ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड स्लिक सिफ्टिङ गियरबक्स दिइएको छ ।

बाइकको फ्रन्टमा १९ इन्चको र रियरमा २१ इन्च टायर जोडिएको छ । ब्रेकिङका लागि रियरमा ३०० एमएम डिस्क र २४० एमएम डिस्क दिइएको छ । सस्पेन्सनको लागि फ्रन्टमा ४१ एमएम टेलिस्कोपिक फोर्क र मोनोसक फोर्क दिइएको छ ।

साथै बाइकमा १५ लिटरको इन्धन ट्याङ्की छ भने यसको तौल १८५ केजी छ भने २०० एमएमको ग्राउन्ड क्लियरेन्समा उपलब्ध छ । नेपाल अटो

प्रकाशित मिति: Mar 17, 2022

प्रतिक्रिया दिनुहोस्