Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रकाश सपुतको प्रष्टीकरण : ‘मैले देखेका र संगत गरेका चरित्रलाई नै ‘पीर’मा उतारेको हुँ’

गायक प्रकाश शपुतको यसै साता युट्युवमा सार्वजनिक भएको नयाँ गित पीर लाई लिएर अहिले विरोध भइरहेको  गितको बारेमा प्रष्टीकरण दिएका छन् । उक्त गितलाई लिएर माओवादीका नेताकार्यकताले आपति जनाएका छन् ।उनीहरुले यो गित बन्द गर्नु पर्ने माग समेत गरीरहेको बेला गाएक प्रकाश शपुतले उक्त गितको बारेमा प्रष्टीकरण दिएका हुन् ।

युट्युबमा यसै साता सार्वजनिक भएको आफ्नो नयाँ गीत ‘पीर’लाई लिएर विवाद सिर्जना भएपछि गायक प्रकाश सपुतले भिडियोमा प्रस्तुत गरिएका पात्र वास्तविक नै रहेको र आफूले देखेको, संगत गरेका चरित्रलाई गीतमा उतारेको प्रष्टीकरण दिएका छन् ।

उनले भने, ‘वास्तविक पात्र, स्वभाव र सोचको अध्ययन गरेर नै गीत तयार पारिएको छ ।’माओवादी ‘जनयुद्ध’लाई लिएर सार्वजनिक सञ्चारमाध्यममा समेत टीकाटिप्पणी हुँदै आएको र आफूले तिनै विषयवस्तुलाई गीतमा चित्रण गरेको उनले बताए । ‘यी कुराहरु मिडियामै भनिएका र समीक्षा गरिएका कुरा हुन्,’ उनले भने ।

तर उनले पूर्वछापामार युवती देहव्यापारमा संलग्न भएको दृश्यप्रति भने आत्मालोचना गरेका छन् । ।गीतलाई लिएर प्राप्त भइरहेका सबै प्रतिक्रियालाई अध्ययन गरिरहेको सपुतले बताए । ‘मैले गलत बुझेको हो कि तपाईंहरुले, समीक्षा गर्दैछु,’ उनले भने । साथै, राजनीतिक पूर्वाग्रह राखेर गीत निकालेको भन्ने आरोपको पनि उनले खण्डन गरे ।

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने प्रकाशको गितलाई आतिनु पर्ने नरहेको बताएका छन् । उनले जनयुद्धको कुरा १०० बर्षसम्म रहने हुँदा यसलाई ठूलो मानेर ‘पिर’ गीतबाट कोही पनि उत्तेजित र विचलित हुनु नपर्ने बताएका छन् ।

प्रकाशित मिति: Mar 14, 2022

प्रतिक्रिया दिनुहोस्