Logo
१५ बैशाख २०८१, शनिबार
(March 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ टोयोटा ग्लान्जामा उपलब्ध हुने छन् यस्ता ५ विशेषता !

टोयोटा मोटरले भारतमा प्रिमियम ह्याचब्याक २०२२ ग्लान्जा लन्च गर्ने तयारी गरेको छ । यो भर्खरै लन्च गरिएको मारुती सुजुकी बलेनोको रिब्याज्ड भेरिएन्ट हो, जुन मार्च १५ मा भारतमा लन्च हुनेछ ।

नयाँ ग्लान्जा लन्च हुनुअघि नै यसको फिचर्सबारे जानकारी सार्वजनिक भएको छ ।२०२२ ग्लान्जालाई टोयोटा र मारुती सुजुकीले साझेदारीमा संयुक्त रूपमा विकास गरेको हो ।

यसमा नयाँ बलेनो जस्ता धेरै नयाँ फिचरहरु हुनेछ । नयाँ ग्लान्जालाई प्रिमियम ह्याचब्याक सेगमेन्टमा उत्कृष्ट बनाउने ५ फिचर यस्तो छ ।

१. हेड-अप डिस्प्ले
नयाँ ग्लान्जामा २०२२ बलेनो ह्याचब्याकमा जस्तै हेड-अप डिस्प्ले फिचर दिइएको छ । यसमा स्टेयरिङ ह्विलको पछाडि ड्यासबोर्डमा लुकेको एचयुडी स्क्रिन उपलब्ध हुनेछ, जुन इग्निसन अन हुँदा बाहिर निस्कन्छ र कार बन्द हुँदा लुक्छ ।

यसले कारको स्पिड, फ्युल गेज र अन्य तथ्याङहरूको जानकारी देखाउँछ । यद्यपि, यसमा अझै पनि टर्न बाई टर्न नेभिगेसन फिचरको अभाव छ ।

२. ३६० भ्यु क्यामरा
ग्लान्जामा बलेनोमा जस्तै ३६० भ्यु क्यामरा उपलब्ध हुनेछ । मारुती सुजुकीले २०२२ बलेनोमा कारको ६ वटा सराउन्ड भ्यु सहितको ३६० डिग्री क्यामेरा पेश गरेको छ । टोयोटा ग्लान्जामा पनि त्यस्तै ३६० भ्यु क्यामरा हुने सम्भावना छ ।

३. टोयोटा भ्वाइस असिस्टेन्ट
एआई भ्वाइस असिस्टेन्ट प्रिमियम ह्याचब्याक कारमा प्रयोग हुने फिचर होइन । तर, जापानी कार निर्माताले २०२२ ग्लान्जामा टोयोटा भ्वाइस असिस्टेन्ट प्रयोग गर्नेछ ।

यसले ग्राहकहरूलाई मौसम र नजिकको गन्तव्यहरू आदि जस्ता अन्य जानकारी दिन्छ ।

४. फाइन्ड माई कार
टोयोटाले पनि कनेक्टेड कार फिचर दिने भएको छ । टोयोटाले नयाँ ग्लान्जा एक इन्टिग्रेटेड एपको साथ आउने जनाएको छ, जुन स्मार्टफोन वा स्मार्टवाचबाट प्रयोग गर्न सकिन्छ ।

एपले कारलाई लक-अनलक गर्न र भीडभाड भएको पार्किङ क्षेत्रमा कार पत्ता लगाउन मद्दत गर्नेछ ।

६. माइलेज
नयाँ ग्लान्जा अटोमेटिक भेरिएन्टले २२.९ किलोमिटर प्रति लिटर र म्यानुअल भेरिएन्टले २२.३ किलोमिटर प्रति लिटरको माइलेज दिने बताइएको छ । नेपाल अटो

 

प्रकाशित मिति: Mar 13, 2022

प्रतिक्रिया दिनुहोस्