Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिकित्सा शिक्षा स्नातक तहको कीकृत प्रवेश परीक्षा चैत १८ गतेदेखि हुने

चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी चैत १८ गतेदेखि  गर्ने भएको छ ।आयोगको अनुसार बिहान ११ बजेदेखि हुने परीक्षा चैत १८ गते एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी पर्फ्युजन टेक्नोलोजीको परीक्षा हुने छ ।

बीएएमएस, बीएनएस, बीएससी, एमएलटी, बएससी एमआईटी, बी फार्मा, बी अप्टोमेट्रि र बीपीटीको परीक्षा हुने र चैत २१ गते बीपीएचको परीक्षा हुनेछ ।
आयोगले परीक्षाको समय तालिका सार्वजनिक चैत १८, २० र २१ गते गर्ने जनाएको हो ।

आयोगले परीक्षा केन्द्र उपत्यकामा मात्रै रहनेसमेत जानकारी गराएको छ । परीक्षार्थीको प्रवेशपत्र परीक्षा दिन पाँचदिन अघि अनलाइनमा उपलब्ध गराउने जनाएको छ ।

परीक्षार्थीले परीक्षा दिन आउँदा प्रवेशपत्रसँगै नागरिकता वा पासपोर्ट ९अनलाइन आवेदनमा पेश गरे अनुसार० को सक्कलप्रति समेत ल्याउनुपर्ने समयतालिकामा उल्लेख छ ।

साथै परीक्षार्थीहरू परीक्षा सञ्चालन हुनुभन्दा २ घण्टा अगावै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने र परीक्षा सुरु भएको १५ मिनेटपछि परीक्षाहलमा प्रवेश गर्न नपाउने जनाएको छ ।

 

प्रकाशित मिति: Mar 11, 2022

प्रतिक्रिया दिनुहोस्