Logo
६ जेष्ठ २०८१, आईतबार
(March 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के साच्चै युद्धसँग प्रेममा छिन् अभिनेत्री पूजा शर्मा ?

अभिनेत्री पूजा शर्मा बेलाबेलामा सामाजिक सञ्जालमा चर्चा र विवादमा आउने गर्छिन् । पछिल्लो समयमा पल शाह प्रकरणमा पीडित नाबालिग गायिकालाई गाली गरेको कारण पछिल्लो समय सामाजिक सञ्जालको तारो बनेकी अभिनेत्री शर्मा फेरि प्रेमका कारणले समेत चर्चा आएकी छन् ।

पछिल्लो समय युद्ध बानियाँसँगको उनको प्रेमको विषय मिडियामा समाचार बन्न थालेको छ । केही दिन अगाडि सामाजिक सञ्जालमा युद्ध बानियाँ सँगको तस्बिर सार्वजनिक गर्दै उनले लेखेकी छन् ‘तपाई हुनुहुन्छ ।’ पोष्टको अन्त्यमा उनले प्रेमको प्रतिक समेत राखेकी छन् । उनको पोष्टमा दुबैलाई सबैले बधाई दिइरहेका छन् ।

उनी र युद्धसँगका विवाह हल्ला समेत चलिरहेको छ । पूजा र युद्धको प्रेम र विवाह हल्लालाई फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शनले थप बल पुर्याएको छ । फिल्मको प्रदर्शनमा यी दुबै उपत्यका र उपत्यकाबाहिर एकसाथ देखिएका थिए ।

उनको पोष्टलाई कतिपय मिडियाले ‘पूजाले सार्वजनिक गरिन् प्रेमी’ शीर्षकका समाचार समेत बनाएका छन् । मिडियामा छाएका यस्ता समाचारमा उनी मौन छिन् । हुन त युद्ध र पूजाको प्रेमको चर्चा यो पहिलो होइन । यस अगाडि पनि कयौपटक यस्ता चर्चा भइसकेका छन् । तर, उनीहरु दुबैले खुलेर प्रेम समेत स्वीकार नगरिरहेको अवस्था हो ।

पूजाको सम्वन्ध धेरै सहकर्मीसँग नाम जोडिदै आएका थिए । केही समय अगाडि पूजाको आकाश श्रेष्ठसँग प्रेमको हल्ला चल्ने गरेको थियो । युद्धसँग नाम जोडिन थालेपछि आकाश र पूजाको प्रेमका गसिफ सेलाएका छन् ।

 

प्रकाशित मिति: Mar 9, 2022

प्रतिक्रिया दिनुहोस्