Logo
६ जेष्ठ २०८१, आईतबार
(March 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री श्रद्धा कपुरको आज जन्मदिन, ३५ बर्षमै बनिन् ९० करोडको मालिक !

बलिउड अभिनेत्री श्रद्धा कपुरले आज ३५ औं जन्म दिन मनाउँदै छिन् ।श्रद्धाको जन्म १९८७ को मार्च ३ मा भएको थियो । श्रद्धा प्रख्यात अभिनेता शक्ति कपुर र गायिका शिवांगी कपुरको छोरी हुन् ।

उनले २०१० मा अम्बिका हिन्दुजाको फिल्म तीन पत्नीबाट बलिउडमा डेब्यू गरेकी थिइन् । यो फिल्ममा अमिताभ बच्चन र आर माधवन थिए । सो यद्यपि फिल्मले बक्स अफिसम खासै कमाल देखाउन सकेन । पछि भने उनको फिल्म हिट हुँदै गयो ।कयौँ फिल्ममा काम गरिसकेकी श्रद्धाको गायनमा पनि शोख छ ।

अभिनेत्रीले एक भिलेन, आशिकी २ र छिटोरे जस्ता सुपरहिट फिल्ममा काम गरिसकेकी छन् । वरुण धमन सानो छँदा श्रद्धालाई चिरकुट भनेर बोलाउँथे । उनले अभिनयका लागि पढाइ छोडेकी थिइन् ।

उनको प्राथमिक शिक्षा जमनाबाय नर्सी स्कूल र अमेरिकन स्कुल अफ बम्बेबाट भएको थियो ।त्यहाँ उनको साथी अथिया सेट्टी र टाइगर श्राफ थिए ।

स्कुलको पढाइ सकिएपछि श्रद्धा मनोविज्ञानमा स्तानकका लागि बोस्टन युनिभर्सिटी गइन् । तर पहिलो वर्षमै आफ्नो डेब्यू फिल्मका लागि उनले पढाइ छाडिन् ।

कुनैबेला सलमान खानले स्कुलमा श्रद्धाको अभिनय ड्रामा देखेपछि उनलाई फिल्म लकीः नो टाइम फर लभ मा प्रस्ताव गरेका थिए । जसलाई उनले अस्वीकार गरेकी थिइन् । किनकी उनको त्यतिबेलाको उद्देश्य मनोविज्ञ बन्नु थियो । उक्त समयमा श्रद्धा केवल १६ वर्षकी थिइन् ।

हाल उनले एउटा फिल्मको अभिनय गरेबापत ८ करोड रुपैयाँ पारिश्रमिक लिने गर्छिन् । हाल उनको सम्पत्ति ९० करोड रुपैयाँ छ । उनलाई फिल्म बाहेक विज्ञापन र मोडलिङबाट पनि मनग्य आम्दानी हुन्छ ।एजेन्सी

 

प्रकाशित मिति: Mar 4, 2022

प्रतिक्रिया दिनुहोस्