Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा लन्च भएको स्कोडा स्लाभियाका यस्ता छन् विशेषता !

स्कोडाले आफ्नो बहुप्रतीक्षित सेडान स्कोडा स्लाभिया हालै भारतमा लन्च गरेको छ । नयाँ मिड साइज सेडान भारतमा १० लाख ६९ हजार भारुमा लन्च गरिएको छ, जबकि टप भेरिएन्टको मूल्य १५ लाख ३९ हजार भारु राखिएको छ ।

स्कोडा स्लाभिया एमक्युबी-एओ-इन प्लेटफर्ममा निर्माण हुने कम्पनीको दोस्रो मोडल हो ।स्कोडाले स्लाभियालाई एक्टिभ, एम्बिसन र स्टाइल गरी ३ भेरिएन्टमा पेश गरेको छ ।

स्लाभियामा १.० लिटर र १.५ लिटर टीएसआई पेट्रोल इन्जिनको विकल्प दिइएको छ । १.० लिटर इन्जिन सबै भेरिएन्टमा उपलब्ध गराइन्छ जबकि १.५ इन्जिन टप भेरिएन्टमा मात्र उपलब्ध छ ।

१.० लिटर इन्जिन म्यानुअल र अटोमेटिक गियरबक्स विकल्पमा उपलब्ध छ, जबकि १.५ लिटर इन्जिन म्यानुअल र डीएसजी गियरबक्स विकल्पमा उपलब्ध छ ।

स्लाभियाको १.० लिटर इन्जिनले ११३ बीएचपी पावर र १७५ एनएम टर्क उत्पादन गर्छ भने १.५ लिटर इन्जिनले १४५ बीएचपी पावर र २५० एनएम टर्क उत्पादन गर्छ ।

स्कोडा स्लाभिया ६ रङमा उपलब्ध छ । स्कोडा स्लाभियामा भेरिएन्ट अनुसार एलईडी हेडलाइट, एलईडी डीआरएल, क्रोम सराउन्ड हेक्सागोनल फ्रन्ट ग्रिल, १६ इन्च अलोय ह्विल, डोर ह्यान्डलमा क्रोम एक्सेन्ट र एन्टी पिन्च टेक्नोलोजी जस्ता फिचर छ ।

स्कोडा स्लाभियामा १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड अटो, एप्पल कारप्ले र स्कोडा कनेक्ट एप समावेश छ ।

साथै वायरलेस फोन चार्जर, भेन्टिलेटेड फ्रन्ट सिट, डिजिटल ८ इन्चको ड्राइभर डिस्प्ले, टाइप-सी चार्जिङ पोर्ट, कुल्ड ग्लोभ बक्स, मल्टिपल स्पिकर र ट्वीटरलगायतका अन्य फिचरहरू समावेश छन् ।

स्कोडा स्लाभियाको लम्बाई ४५४१ मिमी, चौडाइ १७५२ मिमी र ह्विलबेस २६५१ मिमी छ । यो होन्डा सिटी पछिको दोस्रो ठूलो सेडान कार हो । यसमा ५२१ लिटरको बुट स्पेस पनि छ ।

भारतमा यसले हुन्डाई भर्ना, मारुती सुजुकी सियाज र होन्डा सिटी जस्ता मध्यम आकारका सेडानसँग प्रतिस्पर्धा गर्नेछ । स्कोडाले हरेक महिना स्लाभियाका ३ हजार युनिट बिक्री गर्ने लक्ष्य राखेको बताएको छ ।नेपाल अटो

प्रकाशित मिति: Mar 3, 2022

प्रतिक्रिया दिनुहोस्