Logo
१५ बैशाख २०८१, शनिबार
(March 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्को वर्ष फुल इलेक्ट्रिक कार ल्याउने जिप कम्पनीको घोषणा

जिपको पहिलो फुल इलेक्ट्रिक मोडल अर्को वर्षको पहिलो ६ महिना भित्रै बजारमा उपलब्ध हुनेछ ।

जिप निर्माता कम्पनी स्टेलान्टिसका सीईओ कार्लोस टभेयर्सले आफ्नो बिजनेस प्लान प्रिजेन्टेसनमा बताए अनुसार ग्लसी ब्ल्याक एक्सेन्टमा रहने सो कार ब्राइट एल्लो कलरमा उपलब्ध हुनेछ ।

उक्त इलेक्ट्रिक कारको नाम र अन्य विस्तृत जानकारी भने केही बताइएको छैन । उनले आगामी सन् २०३० सम्मको योजना प्रस्तुत गर्ने क्रममा सो जानकारी दिएका हुन् ।

केही टिजर सट देखाइए अनुसार जिपको सो इलेक्ट्रिक कार क्रसओभर मोडलको हुने अनुमान गरिएको छ । त्यसैगरी कम्पनीले अल्फा रोमियो र फियाटको बेबी इलेक्ट्रिक क्रसओभर निर्माण गर्ने बताएको छ ।

यी दुवै कार स्टेलान्टिसको सीएमपी प्लेटफर्ममा बनेको आधारमा जिपको इलेक्ट्रिक क्रसओभर पनि यही प्लेटफर्ममा बन्ने अनुमान गरिएको छ ।

जिपले गत वर्ष र्‍यांगलर म्याग्नेटो कन्सेप्ट सार्वजनिक गरेको थियो । यसका आधारमा आगामी दिनमा जिप ¥यांगलर नै इलेक्ट्रिक मोडलमा आउने अनुमान समेत गरिएको छ । नेपाल अटो

प्रकाशित मिति: Mar 2, 2022

प्रतिक्रिया दिनुहोस्