Logo
२४ बैशाख २०८१, सोमबार
(February 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करण सिंह ग्रोवरको आज जन्मदिन, ४० बर्ष पुग्दा ३ विवाह र दुईपटक डिभोर्स !

अभिनेता करण सिंह ग्रोव आज आफ्नो जन्मदिन मनाइरहेका छन् । उनी आज २३ फेब्रुअरीमा ४० औं जन्मदिन मनाइरहेका छन् । नायिका बिपाशा बसुँसँग उनको विवाह भएको छ । उनीहरुको विवाह भएको पनि छ बर्ष भएको छ । बिपाशासँग करणको सम्बन्ध राम्रो रहेको छ । यी दुईबीच निकै प्रेम देख्न पाइन्छ । उनी करणकी तेस्री श्रीमति हुन् । उनी भन्दा पहिला करणको दुई जनासँग विवाह भई सम्वन्ध विच्छेद भइसको थियो ।

 

View this post on Instagram

 

A post shared by karan singh grover (@iamksgofficial)

आफ्नो फिटनेस, लभ लाइफ र लुक्सका कारण चर्चामा रहने करण सिंह ग्रोवर थुप्रै पटक विवादमा फसिसकेका छन् । करण सिंहका विवाह, सम्बन्धविच्छेद निकै चर्चामा रहे । उनीमाथि धोका दिएको आरोप पनि लागिसकेको छ ।

करण सिंह ग्रोवरकी दोस्री श्रीमती जेनिफ विंगेटले अभिनेतामाथि धोका दिएको आरोप लगाएकी थिइन् । खबरका अनुसार जेनिफरले करणलाई धोका दिइरहेका बेला रंगेहात समातेकी थिइन् । रिसले आँखा नदेखेकी जेनिफरले करण सिंह ग्रोवरलाई जोडले थप्पड पनि हानेको भारतीय सञ्चार माध्यमले बताउने गर्छन् ।

स्रोतका अनुसार शो दिल मिल गएको सेटमा जेनिफरले करणलाई थप्पड हानेकी थिइन् । यो घटनापछि उनीहरुबीच कुराकानी बन्द भएको थियो । उनीहरुले आफ्नो सिन्स पनि सँगै सुट गर्दैनथे । करण आफ्नी जेठी श्रीमती श्रद्धा निगम र पूर्व प्रेमिका निकोला अल्भारेसका लागि उनलाई चिट गरिरहेको जेनिफरलाई थाहा भएको थियो ।

यो मनमुटावको केही समयपछि यी दुईबीच स्थिति सामान्य भयो तर यसले खासै फाइदा गरेन । छिट्टै उनीहरुबीच पुनः तिक्तता सुरु भयो । त्यसपछि दुबैले सम्बन्धविच्छेद गर्ने निर्णय लिए ।

करणको दुबै विवाह उनको कुनै अन्य महिलासँग अतिरिक्त सम्बन्धका कारण टुटेको बताइन्छ । श्रद्धासँग वैवाहिक सम्बन्ध हुँदा नै उनको आफूसँगै काम गर्ने जेनिफर विंगेटका साथै कोरियोग्राफर निकोलसँग नाम जोडिन थालेको थियो ।

करणले निकोलसँगको प्रेम सम्बन्ध स्विकारेका थिए । त्यसपछि श्रद्धा उनीसँग अलग भएकी थिइन् । त्यसपछि केही समयपछि करण र निकोलको सम्बन्ध पनि टुट्यो । निकोल बाहिरिएपछि करण र जेनिफर नजिकिए । तर यो विवाह पनि लामो समय टिक्न सकेन ।जेनिफरसँग सम्बन्धविच्छेद गरे

यसअघि करणको विवाह श्रद्धा निगमसँग एक वर्ष र जेनिफर विंगेटसम्ग २ वर्ष चल्यो । एजेन्सी

प्रकाशित मिति: Feb 23, 2022

प्रतिक्रिया दिनुहोस्