Logo
२४ बैशाख २०८१, सोमबार
(February 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड चर्चित अभिनेता सोनु सुदको गाडी प्रहरीको नियन्त्रणमा

चर्चित बलिउड अभिनेता सोनु सुदको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पञ्जाबमा भएको एक सय १७ सदस्यीय विधान सभा चुनावको मतदान स्थलमा जबरजस्ती गाडी घुसाउने प्रयास गरेपछि उनको गाडीलाई नियन्त्रणमा लिइएको हो ।

यसपटकको चुनावमा सोनुकी बहिनी माल्भिका कंग्रेसको टिकटमा मोगाबाट चुनाव लडिरहेकी छन् । बहिनीको प्रचारका लागि सोनु अहिले पञ्जाबमा छन् । यहीबीचमा उनी मतदान भइरहेको स्थानमा गाडी लिएर जाने प्रयास गरिरहेका थिए ।

मोगा जिल्लाका पीआरओ प्रभदीप सिंहले सोनु जबर्जस्ती मतदानको बुथमा पस्ने प्रयास गरेकाले उनको गाडीलाई नियन्त्रणमा लिएर घर पठाइएको बताए । सोनुले पुनः गाडीलाई बाहिर निकाले कारवाही हुने उनले जानकारी दिए ।

यता सोनुले भने आफूहरू निष्पक्ष चुनाव चाहेकोले विभिन्न बुथमा विपक्षी दल अकालीका कार्यकर्ताले फोनमा धम्क्याउँदै भोट खसाउन लगाएको थाहा पाएर त्यसको अनुगमनमा गएको दाबी गरेका छन् ।

सोनुले भनेका छन्,‘केही बुथमा पैसा बाँडिएको छ । हाम्रो यो कर्तव्य हो कि हामी त्यसको अनुसन्धान गरौं र निष्पक्ष चुनाव सुनिश्चित गरौं । त्यहीकारण म त्यहाँ गएको थिएँ ’

सोनुले मोगाका अर्का दलका उम्मेद्वारह मतदातासँग भोट किनिरहेको आरोप लगाए । उनले यो मामलामा तुरुन्त एक्सन लिन प्रशासनसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति: Feb 21, 2022

प्रतिक्रिया दिनुहोस्