Logo
२४ बैशाख २०८१, सोमबार
(February 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विजय देवरकोन्डाको ‘लाइगर’ फिल्मलाई अमेजनले किन्यो ६० करोडमा

भारतीय साउथ सुपरस्टार विजय देवरकोन्डाको नयाँ फिल्म ‘लाइगर’लाई लिएर दर्शकमाझ छुट्टै किसिमको उत्साह छ । यही फिल्मबाट विजयले बलिउडमा पाइला चाल्दैछन् ।

विजयलाई हिन्दी दर्शकले फिल्म ‘अर्जुन रेड्डी’का कारण चिन्दछन् । जुन फिल्म बक्सअफिसमा सुपरहिट साबित भएको थियो ।फिल्म ‘लाइगर’ मा विजयसँगै अभिनेत्री अनन्या पाण्डेको अभिनय छ ।

हालैमात्र फिल्मका निर्माताले फिल्मको डिजिटल राइट अमेजन प्राइम भिडियोलाई बेचे को भारतका विभिन्न सञ्चार माध्यमले बताएका छन् । यद्यपि, यसबारे आधिकारिक रुपमा पुष्टि भनेको भएको छैन ।

भारतीय सञ्चार माध्यमका अनुसार उनीहरूले ६० करोड रुपैंयाँमा फिल्म बिक्री गरेका हुन् । फिल्मका निर्माताहरूले ८० करोड माग गरे पनि अमेजन भने ६० करोडबाट अगाडि बढ्न चाहेन ।

फिल्मको सेटबाट केही समयअघि दुवैको तस्बिर बाहिर आएको थियो । जसमा दुवैजना स्टन्ट गरिरहेको देख्न सकिन्थ्यो ।फिल्ममा विजय र अनन्याका अलावा माइक टाइसन पनि देखिँदैछन् ।

माइकले केही दिनअघि फिल्मको लागि सुटिङ पूरा गरेका थिए । फिल्ममा माइकको स्पेसल केमियो हुनेछ । फिल्ममा विजयले माइकबाट प्रभावित बक्सरको भूमिका निभाउँदैछन् ।

यो फिल्म पहिला थिएटरमा रिलिज हुनेछ । त्यसपछि मात्र निर्माताले यसलाई ओटीटीमा रिलिज गर्नेछन् ।एजेन्सी

प्रकाशित मिति: Feb 10, 2022

प्रतिक्रिया दिनुहोस्