Logo
२४ बैशाख २०८१, सोमबार
(February 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो ठाउँ जहाँ प्रहरीमा भर्ती हुन युवतीे कुमारित्व हुनैपर्ने !

यो संसारमा कति घटना र नियमहरु सुन्दा हामीलाई सुन्दा पनि अचम्म लाग्ने गर्छ । कति नियमहरु कानुनीरुपमा बन्देज भएपनि समाजमा संस्कारको रुपमा अथवा चलनको रुपमा मानिसमाथि लादिएको छ ।

मानिसले बाध्य भएर त्यो नियम कानुन चलनचल्ती मान्दै आएका छन् । विश्वमा आ–आफ्नो देशको फरक फरक नियम कानुन छ ।
सुन्दा पनि आश्र्चर्य लाग्छ, कुनै देशमा यस्तो प्रचलन छ, महिलाहरु प्रहरीमा भर्ती हुनका लागि महिलाहरुको कुमारित्वको जाँचपास हुनैपर्छ ।

यो नियम नभएपनि प्रचलनका रुपमा रहिआएको छ ।इन्डोनेशियामा महिला प्रहरी भर्ती गर्दा सेवा प्रवेशमा लिखित रुपमा यो नियम नभएपनि चलिआएको छ । शारीरिक स्वास्थ्य परीक्षणका नाममा महिलाको कुमारित्व परीक्षण गरिन्छ ।

परीक्षणका लागि गुप्तांगमा दुईवटा औंला राखेर चेकजाँच गरिन्छ । यस्तो परीक्षण मान्न महिलाहरु बाध्य भएका छन् ।प्रहरीमा भर्ना हुनको लागि सबै महिलाले अनिवार्य कुमारित्व जाँच गराउनुपर्ने नियम छ । यस्को जाँच अनिवार्य गरेपछि मात्र प्रहरीको भर्नाको लागी योग्य हुने मानिन्छ ।

यसरी चेकजाँच गराउनुको उद्देश्य प्रहरीमा भर्ती हुने महिला सक्रिय यौनजीवनमा नरहेको र यौन व्यवसायी नपरुन् भन्नेका लागि हो । यस्तो गतिविधिको मानवअधिकारवादी संघसंस्थाले भने विरोध गर्दै आएका छन् ।

इन्डोनेशियामा महिला प्रहरी भर्नाको लागी विशेष समिति बनाएको हुन्छ । यो विशेष समितिमा सबै जना पुरुषहरु छन् । यो समितिले सबैभन्दा पहिला राम्रा महिलाहरुको छनौट गरिन्छ । छानिएका महिलाहरुको कुमारित्वको जाँच गरिन्छ ।

२०१४ मा विश्व स्वास्थ्य संगठनले महिला प्रहरीको लागि एक विशेष प्रकारको गाइडलाइन जारी गरेपनि इन्डोनेशियन सरकारले यो नियम हटाउन सकेको छैन ।-एजेन्सी

प्रकाशित मिति: Feb 2, 2022

प्रतिक्रिया दिनुहोस्