Logo
२५ बैशाख २०८१, मंगलबार
(February 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय तहको चुनाव गर्न करिब १२ अर्ब खर्च लाग्ने निर्वाचन आयोगको अनुमान

स्थानीय तहको निर्वाचन गर्न करिब १२ अर्ब खर्च लाग्ने निर्वाचन आयोगले अनुमान गरेको छ ।सरकारलाई मंगलबार बुझाएको ६ बुँदे प्रस्तावमा एकै चरणमा स्थानीय तहको निर्वाचन नभए त्यो भन्दा पनि बढी खर्च लाग्ने बताएको छ ।

२०७४ मा ८ अर्ब भन्दा बढी खर्च भएको भन्दै आयोगले एकै चरणमा निर्वाचन नभएमा निर्वाचन व्यवस्थापनमा हुने अनुमानित खर्चमा थप वृद्धि भएको भन्दै त्यसै अनुसार बजेट व्यवस्थापन गरिदिन प्रस्ताव गरेको हो ।

आयोगले खर्चको अधिकांश भाग निर्वाचनमा खटिने जनशक्तिको तलब, भत्ता, दैनिक भत्ता जस्ता कुरामा हुने बताएको छ ।२०७४ पछि उक्त ती शीर्षकहरुमा करिब ३० प्रतिशतले वृद्धि भएकाले अनिवार्य खर्च बढेको उल्लेख गरेको छ ।

प्रकाशित मिति: Feb 1, 2022

प्रतिक्रिया दिनुहोस्