Logo
२५ बैशाख २०८१, मंगलबार
(February 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कैलालीमा विप्लव कार्यकर्ताले सहायक वन अधिकृत पण्डितलाई दले कालोमोसो

सुदूरपश्चिम प्रदेश स्थित कैलालीमा विप्लव कार्यकर्ताले सहायक वन अधिकृतलाई कालोमोसो दलेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सोमबार दिउसो कैलालीको पचमुडिया सव-डिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई कालोमोसो दलेका हुन् ।

आफुलाई विप्लवको कार्यकर्ता भनेर परिचय गराएका केही व्यक्तिले तपाईंसँग कुरा गर्छु भन्दै आएको बताउदै पण्डितले चन्दा आतंकको किन विरोध गरेको भन्दै एक्कासी दुव्र्यवहार गरेको बताए ।

केही समय अगाडी सो सव-डिभिजन अन्तर्गत पर्ने कैलालीका सामुदायिक वनमा विप्लवका कार्यकर्ताले चन्दा असुली गरेका हुन् ।चन्दाका विषयमा सञ्चारमाध्यमलाई जानकारी दिएको भन्दै पण्डितलाई कालोमोसो दलिएको बताइएको छ ।

सामुदायिक वनमा आफूले तोकेको रकम चन्दा स्वरुप नदिएमा भौतिक कारबाही गर्ने धम्की दिन थालेपछि सामुदायिक वनले समूहमा निर्णय गरेर नेपाल कम्युनिष्ट पार्टीलाई चन्दा दिएका थिए ।

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव दीपेन्द्र चलाउनेले भने सोमबार अपुष्ट खबर आएकाले बुझेर मात्र जानकारी दिने बताए ।

प्रकाशित मिति: Feb 1, 2022

प्रतिक्रिया दिनुहोस्