Logo
१ जेष्ठ २०८१, मंगलबार
(December 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होन्डाको सुप्रा जीटीआर १५० स्कुटर सार्वजनिक, यस्ता छन् विशेषता !

होन्डा मोटरसाइकलले आफ्नो लोकप्रिय स्कुटर सुप्रा जीटीआर १५० स्कुटरको अपडेट भर्सन सार्वजनिक गरेको छ । यो भियतनामी बजारमा विनर एक्सको नाममा बिक्री गरिने छ ।

नयाँ स्कुटर मोडेलमा कस्मेटिक अपडेट गरिएको छ । नयाँ होन्डा सुप्रा जीटीआर १५० नयाँ र स्पोर्टियर देखिने फ्रन्ट-इन्ड डिजाइनको साथ उपलब्ध हुनेछ ।

स्कुटरमा ट्विन फ्रन्ट एलईडी हेडल्याम्प समावेश गरिएको छ, जुन स्पोर्ट बाइक जस्तै ठुलो छ र यसको डाइनामिक राइडिङ पोजिसनलाई सपोर्ट गर्न ठुला पाङ्ग्रा दिइएको छ ।

स्कुटरमा एलईडी हेडल्याम्प, एलईडी टेलल्याम्प, यूएसबी चार्जिङ पोर्ट र ब्लु ब्याकलिट डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर फिचरको रुपमा समावेश गरिएको छ ।

यो स्कुटर १५० सीसीको लिक्विड कुल्ड इन्जिनद्वारा संचालित छ, जसले १५.४ बीएचपी पावर र १३.५ एनएम टर्क जेनेरेट गर्छ । स्कुटरमा सीभीटी गियरबक्स जडान गरिएको छ ।

स्कुटरको दुबै छेउमा १७ इन्च ठुलो अलोय ह्विल समावेश गरिएको छ । जबकि अगाडि टेलिस्कोपिक फोर्क र रियरमा मोनोसक सस्पेन्सन रहेको छ ।

यो स्कुटर भारतीय बजारमा छिट्टै लन्च हुने छैन । नेपालमा पनि सम्भावना छैन । यद्यपि यसले यामाहा एरोक्स १५५ सँग प्रतिस्पर्धा गर्न सक्छ, जुन यो वर्ष लन्च गरिएको थियो र यो यामाहाको एक मात्र म्याक्सी स्कुटर हो ।

नेपाली बजारमा पनि यामाहा एरोक्स १५५ केही महिनामै आउने अनुमान गरिएको छ ।नेपाल अटो

प्रकाशित मिति: Dec 30, 2021

प्रतिक्रिया दिनुहोस्