Logo
१ जेष्ठ २०८१, मंगलबार
(December 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कियाले गर्यो नयाँ एसयूभी क्यारेन्सको डिजाइन स्केच सार्वजनिक

किया इन्डियाले कम्पनीको बहुप्रतीक्षित मोडल किया क्यारेन्सको स्केच सार्वजनिक गरेको छ । कम्पनीले डिसेम्बर १६, २०२१ मा यस एसयूभीको वर्ल्ड प्रिमियर गर्न लागेको छ ।

शानदार इन्टेरियर, स्मार्ट कनेक्टिभिटी फिचर, बोल्ड एक्सटेरियर र फराकिलो तेस्रो–रो सिट भएको सो एसयूभी एकसाथ संयुक्त परिवार यात्रा गर्नको लागि डिजाइन गरिएको छ ।

किया क्यारेन्सले कम्पनीको नयाँ डिजाइन फिलोसोफी अपोजिट्स युनाइटेडको सुरुवात गरेको छ । कारको डिजाइन बोल्ड फर नेचर, जोय फर रिजन, पावर टु प्रोग्रेस, टेक्नोलोजी फर लाइफ र टेन्सन फर सेरेनिटिमा आधारित रहेको छ ।

क्यारेन्सको डिजाइन बोल्ड फर नेचर थिममा आधारित छ ।किया क्यारेन्सले कम्पनीको अद्वितीय र शक्तिशाली डिजाइन परिभाषित गर्छ ।

कारको एक्सटेरियरले हाई-टेक स्टाइल देखाउँछ जसमा कियाको अगाडिको टाइगर फेस डिजाइन र आकर्षक रूपमा हाइलाइट गरिएको इनटेक ग्रिल, एलईडी हेडल्याम्प र डेटाइम रनिङ लाइट समावेश गरेको छ ।

कारको ढोकामा जडान गरिएको क्रोम गार्निसले समग्र प्रिमियमको अनुभूति दिन्छ । कारमा १०.२५ इन्चको अडियो भिडियो नेभिगेसन टेलिमेटिक्स ड्यासबोर्डको बीचमा राखिएको छ ।

किया डिजाइन सेन्टरका प्रमुख र उपाध्यक्ष करिम हबिबले किया क्यारेन्सको डिजाइन अपोजिट्स युनाइटेडलाई प्रतिबिम्बित गरेको जानकारी दिएका छन् । आजका ग्राहकहरूले तीन पंक्तिका गाडीबाट के चाहन्छ भन्ने कुराको वास्तविक प्रतिबिम्ब किया क्यारेन्स भएको थप जानकारी दिएका छन् ।

किया कार यो आर्थिक वर्षमा बजारमा आउने अपेक्षा गरिएको छ । सो कार फेब्रुअरी वा मार्च २०२२ को आसपासमा लन्च हुनेछ । किया कार भारतमा उत्पादन गरिने र अन्य देशमा निर्यात गरिनेछ ।

सो कार मारुती सुजुकी एक्सएल६ फेसलिफ्ट र हुन्डाई अल्काजार लगायत अन्यसँग प्रतिस्पर्धा गर्नेछ । नेपालअटो

प्रकाशित मिति: Dec 8, 2021

प्रतिक्रिया दिनुहोस्