Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब एउटै मूल्यमा बजाज पल्सर २०० एनएस र २२०एफ किन्न सकिने

नेपाली बजारमा अन्य धेरै भेरिएन्टमा यी दुई मोटरसाइकल भए पनि नन-एबीस दुवै मोडलको मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ छ ।

पल्सर २०० एनएस २०० सीसी सेगमेन्टमा सबैभन्दा लोकप्रिय नेकेड स्पोर्ट्स बाइक भएको बजाजको दावी छ । पर्फमेन्स, पावर र स्पिड सबैमा अलराउन्डर मानिएको यो मोटरसाइकल विशेषतः युवा राइडरमाझ लोकप्रिय छ ।

यो विभिन्न तीन मोडल पल्सर एनएस २०० नन एबीएस, एबीएस र एबीएस एफआईमा उपलब्ध छ । यी मोटरसाइकलको मूल्य क्रमशः ३ लाख २९ हजार ९ सय, ३ लाख ६७ हजार ९ सय र ३ लाख ९३ हजार ९ सय रुपैयाँ छ ।

१९९.६ सीसी लिक्विड–कुल्ड इन्जिनयुक्त यो मोटरसाइकले २३.५ पीएस पावर र १८.३ एनएम टर्क जेनेरेट गर्छ । ६-स्पिड ट्रान्समिसनयुक्त यो मोटरसाइकलले ३६ किलोमिटरको माइलेज दिने कम्पनीको भनाइ छ ।

स्पोर्टी लुकको यो मोटरसाइकलमा एनालग-डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्पोर्टी लुक, न्यु टेक्स्चर्ड स्प्लिट सिट, ब्युटिफुल टेललाइट र ट्रिपल-स्पार्क डीटीएसआई इन्जिन आदि फिचर उपलब्ध छन् ।

२२० सीसी इन्जिनयुक्त यो मोटरसाइकलले २०.९३ पीएस पावर र १८.५५ एनएम टर्क जेनेरेट गर्छ । ५-स्पिड ट्रान्समिसनयुक्त यो मोटरसाइकलले ४० किलोमिटर प्रतिलिटरको माइलेज दिने बताइएको छ ।

एबीएस सहितको यो मोटरसाइकलमा डाइनामिक डिजाइन, न्यु टेक्स्चर्ड स्प्लिट सिट, आकर्षक टेललाइट, हाफ–फेयर्ड डिजाइन र डीटीएसआई इन्जिन लगायतका विभिन्न फिचर उपलब्ध छन् ।

बजाज पल्सर २२०एफ नन एबीएसको मूल्य ३ लाख २९ हजार ९ सय र एबीएसको मूल्य ३ लाख ६१ हजार ९ सय रुपैयाँ छ ।नेपाल अटो

प्रकाशित मिति: Dec 2, 2021

प्रतिक्रिया दिनुहोस्