Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हत्या गर्ने धम्की दिनेविरुद्ध कंगनाले दिइन् उजुरी, उनले भनिन्, ‘म डराउने खालकी होइन’

बलिउड अभिनेत्री कंगना रनौटलाई हत्या गर्ने धम्की दिइएको छ । कंगनलाले धम्की दिएपछि प्रहरीलाई धम्की दिने भठिन्डाका एक व्यक्तिविरुद्ध उजुरी दर्ता गरेकी छिन् ।

यो कुरा कंगना आफैंले सोसल मिडियामा पोस्टमार्फत् सेयर गरेकी हुन् । यो पोस्टमा कंगनाले एफआईआरको कपी पनि सेयर गरेकी छिन् । उनले योसँगै एउटा लामो नोट पनि सेयर गरेकी छिन् ।

कंगनाले लेखिन्, ‘मुम्बईमा भएको आतंककारी हमलाका शहीदलाई याद गर्दै मैले गद्दारलाई कहिल्यै माफी नगर्न र नबिर्सिन भनेको थिएँ । यस्तो प्रकारको हरेक घटनामा आन्तरिक गद्दारको सबैभन्दा ठूलो हात थियो । नभए पाकिस्तानी आतंकवादीले मुम्बईमाथि हमला नै गर्ने हिम्मत गर्नसक्थे ।’

उनले थपेकी छिन्, ‘मेरो यही पोस्टमा मलाई विघटनकारी शक्तिको तर्फबाट निरन्तर धम्की आइरहेको छ । बठिन्डाका एक भाइ साहबले त मलाई खुल्ला रुपमा मार्ने नै धम्की दिएका छन् ।’ ‘म यस्तो खालको धम्कीबाट डराउने खालकी छैन । देशविरुद्ध षड्यन्त्र गर्ने र आतंककारी शक्तिविरुद्ध बोल्छु र सधैं बोलिरहन्छु,’ उनले थपिन् ।

 

View this post on Instagram

 

A post shared by Kangana Thalaivii (@kanganaranaut)

प्रकाशित मिति: Nov 30, 2021

प्रतिक्रिया दिनुहोस्