Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सलमानको ‘अन्तिमः द फाइनल ट्रुथ’ रिलिज भएपछि प्रशंसकले हलभित्रै गरे आतिशबाजी, नायकले गरे बिन्ती

बलिउड अभिनेता सलमान खान र आयुष शर्मा स्टारर ‘अन्तिमः द फाइनल ट्रुथ’ शुक्रबार रिलिज भएको थियो । फिल्म रिलिज भएपछि उत्साहमा प्रशंसकले सिनेमाघरभित्र आतिशबाजी गरे ।त्यसपछि सलमान खानले आतिशबाजीका भिडियो सेयर गर्दै प्रशंसकलाई यसो नगर्न बिन्ति गरेका छन् ।

सलमान खान प्रशंसक उनको फिल्मको व्यग्रताका साथ प्रतिक्षा गरिरहेका थिए सोहीकारण उनीहरुले सिनेमाघरभित्रै आतिशवाजी गरेका थिए ।

सलमान खानले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट एउटा भिडियो सेयर गरेका छन् । यो भिडियोमा प्रशंसक सिनेमाघरभित्र फिल्म ‘अन्तिमः द फाइनल ट्रूथ’ चलिरहेकै बेला आतिशबाजी गरिरहेको देख्न सकिन्छ ।

सलमान खानले यो भिडियोसँगै लेखेका छन्, ‘म सबै प्रशंसकलाई हलभित्र पटका लिएर नजान आग्रह गर्दछु किनभने यसले आगलागीको अत्यधिक खतरा निम्त्याउँछ । यसले तपाईं र अरुको ज्यानलाई खतरा पनि हुनसक्छ । हल मालिकलाई मेरो आग्रह – पटकालाई सिनेमाघर भित्र लैजान अनुमति नदिनुहोस् र सुरक्षाकर्मीलाई प्रवेशद्वारमा यसको अनुगमन गर्न अनुरोध गर्छु । प्रशंसकलाई मेरो निवेदन – हरेक तरिकाले फिल्मको मज्जा लिनुहोस् तर कृपया यस्तो गर्नबाट भने बच्नुहोस् । धन्यवाद ।’

 

View this post on Instagram

 

A post shared by Salman Khan (@beingsalmankhan)

प्रकाशित मिति: Nov 28, 2021

प्रतिक्रिया दिनुहोस्