Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ किया निरो इलेक्ट्रिक कारको टिजर सार्वजनिक

सेकेन्ड जेनेरेसन इलेक्ट्रिक कार किया निरो क्रसओभरको टिजर सार्वजनिक भएको छ । आगामी सोल मोबिलिटी शोमार्फत ग्लोबल डेब्यु गरिने किया निरोको वारेमा यसमार्फत केही तथ्य सार्वजनिक भएको छ ।

अफिसियल प्रिभ्यु इमेजका आधारमा नयाँ किया निरो सन् २०१९ मा प्रदर्शन गरिएको हबानिरो कन्सेप्टमा आधारित हुने अनुमान गर्न सकिन्छ । एड्भेन्चर रेडी एटिच्युडसहित यो एसयूभी स्टाइलको गाडी हुनेछ ।

कियाले केही दिन पहिले सार्वजनिक गरेको ईभी९ कन्सेप्ट जस्तै नयाँ निरो पनि प्रकृतिबाट प्रभावित हुनेछ ।टिजर हेर्दा यसमा टु टोन पेन्ट स्किम हुनेछ । त्यसैगरी यसको अघिल्लो भागमा भएको टाइगर नोज ग्रिललाई केही परिमार्जन गरिएको छ ।

इन्टेरियरमा एसिमेट्रिकल सेन्टर कन्सोल, टु स्पोक स्टेयरिङ ह्विल र वाइड–फम्र्याट ट्विन स्क्रिन ड्यासबोर्ड हुनेछ ।नेपाली बजारमा हाल किया निरो इलेक्ट्रिक कार उपलब्ध छ ।

भारतमा यो कार सन् २०२३ सम्म आउने अनुमान गरिएको छ । नेपाली बजारमा पनि त्यही समय भन्दा पहिले उपलब्ध हुने सम्भावना हुने छैन ।नेपाल अटो

प्रकाशित मिति: Nov 22, 2021

प्रतिक्रिया दिनुहोस्