Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टोयोटाको नयाँ एसयूभी राइज कार डिसेम्बरमा नेपालमा आउँदै, यस्ता छन् विशेषता !

टोयोटाको नयाँ एसयूभी राइज बिक्रीका लागि नेपाली बजारमा डिसेम्बरमा उपलब्ध हुने भएको छ ।नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले सो एसयूभी आगामी डिसेम्बरमा लन्च गर्ने तयारी गरेको बताएको छ ।

टोयोटा नेपालको फेसबुक पेजबाट समेत यसको जानकारी सार्वजनिक गरिएको छ । यसको बुकिङ समेत प्रारम्भ भएको छ ।अन्तर्राष्ट्रिय बजारमा उपलब्ध १.२ लिटर इन्जिन र १.० लिटर टर्बो इन्जिनयुक्त राइज नेपाली बजारमा उपलब्ध हुने बताइएको छ ।

दुवै इन्जिनमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन उपलब्ध छ । यसमा भएको ४.९ मिटर टर्निङ रेडियसले सहज तरिकाका साथ ह्यान्डलिङ गर्न सहयोग गर्छ । त्यसैगरी २०० एमएमको ग्राउन्ड क्लियरेन्सले यात्रामा हुने असहजतालाई कम गर्न सहयोग गर्छ ।

फ्रन्ट तथा रियर पार्किङ असिस्टले गाडीलाई ठोकिन वा अन्य अप्ठेरोहरुबाट बचाउँछ । गाडीको इन्टेरियरमा भएको ७ इन्च इन्फोटेनमेन्ट सिस्टममा पछिल्लो भर्सनको एप्पल कारप्ले र एन्ड्रोइड अटो सहित आउँछ, जसबाट कनेक्टिभिटी र सेक्युरिटीमा सहयोग पुग्छ ।

विभिन्न ८ कलर भेरिएन्टमा उपलब्ध हुने टोयोटा राइजको मूल्य करिव ६६ लाख रुपैयाँ देखि प्रारम्भ हुने अनुमान गरिएको छ । नेपाली बजारमा इन्डोनेसियामा उत्पादित टोयोटा राइज बिक्रीका लागि उपलब्ध हुनेछ ।नेपाल अटो 

प्रकाशित मिति: Nov 18, 2021

प्रतिक्रिया दिनुहोस्