Logo
१३ बैशाख २०८१, बिहीबार
(November 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक योगेश्वर अमात्यले ८ गर्लफ्रेन्ड बनाएको खुलासा

भनिन्छ मनोरञ्जन क्षेत्रमा प्रेमलिला बढी हुने गर्छ । बास्तमा हामीले यो क्षेत्रलाई नजिकबाट नियाल्दा पनि बास्तवमा अरु क्षेत्रभन्दा प्रेममा अगाडि रहेको पाउँदछौ ।

यस क्षेत्रका मानिसको कतिबेला कोसँग प्रेम हुन्छ कतिबेला ब्रेकअप हुन्छ थाहानै हुदैन । यी कुरा यो क्षेत्रमा लाग्ने मानिसको लागि सामान्य कुरा हो ।

त्यस्तै लोकप्रिय गायक योगश्वर अमात्यले आफूले ८ गर्लफ्रेन्ड बनाएको खुलासा गरेका छन् ।उनले एक मिडायाँको अन्तरर्वातामा आफ्ना ८ गर्लफ्रेन्डबाट खुलाएका हुन् ।‘गर्लफ्रेन्ड नभएसम्म युवा पूरा हुँदैन जस्तो लाग्छ,’ अमात्यले भने,‘त्यसैले मलाई पनि गर्लफ्रेन्ड बनाउन मन लाग्यो र बनाएँ ।’ सबै गर्लफ्रेन्ड विवाह अघि बनेको सुनाए ।

विवाह पछि गर्लफ्रेन्ड नभएको बताए । उनले भने,‘अब गर्लफ्रेन्ड बनाउन हुँदैन, बनाउन खोजे श्रीमतीको कुटाई खाइन्छ ।’ मायामा निस्वार्थपन हुनुपर्ने बताए ।

अमात्यले गर्लफ्रेन्ड बनाउन सेक्सका लागि मात्र नभएको तर्क गरे । उनले भने,‘सेक्स सम्बन्ध राख्ने पनि रमाइलो हो । तर, सम्बन्ध आत्माको मिलन हो ।’

केटा र केटी दुवैले एक अर्काको साथ खोज्ने बताए । उनले कुरा बिसाउन पाउने र मलम लगाउन पाउने साथी हुनुपर्ने बताए ।आफूलाई न्याचरल ब्युटी महिला मनपर्ने सुनाए ।

आफ्नो पत्नी मंगला श्रेष्ठ न्याचरल ब्युटी भएको सुनाए ।आफ्नो व्यक्तित्व फरक भएकाले कतिपय ठाउँमा कुटाई पनि खाएको सुनाए । उनले तेक्वान्दो समेत नेपालमा भित्राएको खुलाए ।रिपोर्टस नेपाल

प्रकाशित मिति: Nov 15, 2021

प्रतिक्रिया दिनुहोस्