Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मारुती सुजुकीको सेकन्ड जेनेरेशन सेलेरियो सार्बजनिक, यस्ता छन् विशेषता !

आज भारतीय बजारमा मारुती सुजुकीको निकै नै लोकप्रिय ह्याचब्याक कार सेलेरियोको सेकेन्ड जेनेरेशन सार्बजनिक गरिएको छ ।

यो नयाँ कार एलएक्सआई, भिएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लस गरी ४ ट्रिम र ७ भेरियन्टमा उपलब्ध हुने बताइएको छ । जसमध्ये बेस भेरियन्ट एलएक्सआईको मूल्य ४ लाख ९९ हजार भारतीय रुपैयाँ कायम गरिएको छ ।

नयाँ कारमा १.० लिटर क्षमताको के१० सिरिज इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ६७ पिएस र टर्क ८९ एनएम रहेको छ । जुन यसअघिको पुरानो मोडलको तुलनामा केही बढी हो ।

यो नयाँ कारले सेग्मेन्टमै सर्बाधिक बढी माइलेज प्रदान गर्ने दाबी गरिएको छ । प्रतिलिटर इन्धनको खपतमा यसले २६ किलोमिटर माइलेज प्रदान गर्ने दाबी गरिएको हो ।

माइलेज बढाउन यसमा आइडल स्टार्ट-स्टप फिचर दिइएको छ । नयाँ सेलेरियो हार्टेक्ट प्लेटफर्ममा आधारित छ ।यो कारमा अपडेट गरिएको एक्सटेरियर लुक समाबेश गरिएको छ ।

कारमा अपडेटड हेडल्याम्प, बम्पर र टेलल्याम्प उपलब्ध गराइएको छ । थप आकर्षक बनाउन यसको फुल बडी किटमा समेत केही परिमार्जन गरिएको छ ।

नयाँ मारुती सेलेरियोमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट स्क्रिन जस्ता फिचर समावेश गरिएको छ । साथै यसमा पहिलो पटक मारुतीको स्मार्ट प्ले अडियो सिस्टम समेत समाबेश गरिएको छ ।

आइडल स्टार्ट÷स्टप फङसनको साथ पुश स्टार्ट÷स्टप बटन पनि समावेश गरिएको छ । यसको टप भेरियन्टमा सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र मल्टि–स्पोक स्टेयरिङ ह्वील समेत समाबेश गरिएको छ ।

नयाँ सेलेरियोले इन्ट्री-लेभल ह्याचब्याक सेगमेन्टमा रेनो क्विड, हुन्डाई स्यान्ट्रो र ड्याटसन गो र टाटा टियागो लगायत कारसंग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

प्रकाशित मिति: Nov 10, 2021

प्रतिक्रिया दिनुहोस्