Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फक्सवागनको भर्टस सेडान कार बजारमा छिट्टै आउँदै, यस्ता छन् विशेषता !

भारतीय बजारमा फक्सवागनले नयाँ मिड साइज सेडान कार ल्याउने तयारी गरिरहेको छ । नयाँ सेडान भर्टस सेडानमा आधारित हुनेछ ।

सो कार केही अन्तर्राष्ट्रिय बजारमा बिक्री भइरहेको छ । फक्सवागन भर्टस कार भारतीय सडकमा परीक्षणको समयमा कैयौं पटक देखिएको छ ।

मिडिया रिपोर्टका अनुसार नयाँ फक्सवागन भर्टसमा आधारित सेडान कार मे २०२२ मा लन्च गरिने छ । सो कार एमक्युबी-एओ-इन प्लेटफर्ममा आधारित हुनेछ ।

सो प्लेटफर्मको प्रयोग फक्सवागन टाइगुन, स्कोडा कुशाक र स्कोडा स्लाभियामा पनि गरिएको छ ।

फक्सवागन भर्टस सेडानको इन्टेरियर र फिचर टाइगुन मिड साइज सेडानसँग साझेदारी गरिने सम्भावना छ । यसमा इलेक्ट्रिक सनरुफ, ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, मल्टिपल एयरब्याग, अटोमेटिक एसी, एलईडी प्रोजेक्टर हेडल्याम्प, एलईडी टेललाइट र अन्य धेरै फिचर समावेश गरेको छ । फक्सवागन भर्टस सेडानले नयाँ होन्डा सिटी, हुन्डाई भर्ना र मारुती सुजुकी सियाजसँग प्रतिस्पर्धा गर्नेछ ।

इन्जिन र पावर
नयाँ मिड साइज सेडान कारमा १.० लिटर ३ सिलिन्डर टर्बोचार्ज पेट्रोल इन्जिन समावेश गरिने छ । सो इन्जिनले अधिकतम १०८ बीएचपीको पावर र १७५ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्समा उपलब्ध हुनेछ ।

उक्त सेडान कारमा नयाँ १.५ लिटर टर्बोचार्ज पेट्रोल इन्जिन पनि उपलब्ध हुनेछ । जसले १४७ बीएचपीको पावर र २५० एनएम टर्क जेनेरेट गर्छ ।

यो इन्जिनमा ७ स्पिड डीएसजी गियरबक्स उपलब्ध रहेको छ । नयाँ सेडानले पुरानो भेन्टोलाई प्रतिस्थापन गर्नेछ । साइजमा ग्लोबल स्पेक भर्टसको बराबर हुनेछ ।

फक्सवागन भर्टसको लम्बाई ४४८२ एमएम, चौडाई १७५१ एमएम, उचाई १४७२ र ह्वीलबेस २६५१ एमएम रहेको छ । यो नयाँ सेडान भेन्टो भन्दा ९२ एमएम लामो, ५२ एमएम फराकिलो, ५ एमएम उच्च र ९८ एमएम बढी ह्वीलबेस रहेको छ ।नेपालअटो

प्रकाशित मिति: Nov 7, 2021

प्रतिक्रिया दिनुहोस्