Logo
२६ बैशाख २०८१, बुधबार
(October 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सूडानमा सैन्य कूको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले गोली चलाउँदा सातको मृत्यु

सूडानमा सैन्य कू को विरोध गरिरहेका प्रदर्शनकारीमाथि सैनिकको गोली चलाउदा सातजनाको मृत्यु भएको छ । उक्त गोलाबारीमा परी १४० जना घाइते भएका छन् ।

सूडानमा सेनाले अन्तरिम सरकारमाथि कू गरेपछि देशको कमान आफ्नो हातमा लिएको छ ।सेनाले आपतकालको घोषणा गर्र्दै प्रधानमन्त्री र अन्य नेतालाई पक्राउ गरेको छ ।

सैन्य कूको विरोधमा प्रदर्शनकारी सडकमा उत्रिएका छन् । राजधानी खार्तूममा स्थानीय स्तरमा विरोध प्रदर्शन आयोजना गर्नेहरुको गिरफ्तारीका लागि सेना घर-घर गइरहेको बताइएको छ ।

संसारभरी यो सैन्य कूको आलोचना भइरहेको छ र अमेरिकाले सूडानलाई दिइने ७० करोड डलरको मद्दत रोकेको छ । सैन्य कूको नेतृत्व गर्ने जनरल अब्देल फतह अल बुरहानले यो सैन्य कारवाहीका लागि राजनीतिक झगडालाई जिम्मेवार बताएको छ ।

लामो समयदेखि शासक रहेका उमर अल–बशीरलाई दुई वर्षअघि सत्ताबाट हटाएपछि राजनेता र उनका सैन्य समकक्षबीच मतभेद चलिरहेको छ ।

बीबीसी अरबीका मोहम्मद उस्मानले राजधानी खार्तूमबाट दिएको जानकारी अनुसार सोमबार रातीदेखि नै ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका थिए । उनी सरकारको बहालीको माग गरिरहेका थिए ।

एक घाइते प्रदर्शनकारीले मिडियासँगको कुराकानीमा उनलाई सैन्य मुख्यालयबाहिर खुट्टामा सेनाको गोली लागेको जानकारी दिए ।

 

 

प्रकाशित मिति: Oct 26, 2021

प्रतिक्रिया दिनुहोस्