Logo
२१ बैशाख २०८१, शुक्रबार
(October 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शाहरुखको छोरा आर्यनलाई जेलबाट रिहा गर्न २५ करोड मागेको खुलासा !

बलिउड अभिनेता शाहरुख खानको छोरा आर्यन खान यतिबेला लागु औषध मुद्दामा जेल जीवन विताइरहेका छन् । उनको यो मुद्दा झन झन जटिल बन्दै गइरहेको छ ।

यसैक्रममा आर्यन खान लागुऔषध मुद्दामा एनसीबीका साक्षी केपी गोसोवीका अंगरक्षक रहेका प्रभाकर सेलले चकित पार्ने दाबी गरेका छन् ।

प्रभाकरको अनुसार केपी गोसावीले आर्यनलाई रिहा गर्न २५ करोड रुपैयाँ मागेका थिए । एनसीबी प्रमुख समिर वानखृडेका तर्फबाट गोसावीले यस्तो माग गरेका हुन् ।

प्रभाकर सेलले छापा मार्दा केही भिडियो र तस्बिरहरू सावधानीपूर्वक खिचेको बताएको छन् । हिरासतमा लिनुअघि गोसावीले आर्यन खानलाई कसैसँग फोनमा कुरा गराएको भिडियोमा प्रष्ट देखिन्छ, उनले त्यसको पछाडि ठूलो षड्यन्त्र भएको आशंका पनि व्यक्त गरेका छन् ।

 

प्रभाकरले नार्कोटिक्स कन्ट्रोल ब्युरोले उनलाई खाली पञ्चनामेमा हस्ताक्षर गर्न डराएको थियो । गोसावी र आर्यनको सेल्फी एक समय निकै भाइरल भएको थियो । पछि एनसीबीले यस केसमा एक स्वतन्त्र साक्षी घोषित गरेको थियो ।

प्रभाकरको अनुसार मुम्बईको क्रुजमा छापा मार्नअघि उनी र गोसावीलाई खाली पंञ्चनामा मा हस्ताक्षर गर्न बाध्य पारिएको थियो । सोही खाली पञ्चनामा नै आर्यनको केसमा प्रयोग गरिएको छ ।

सेलले एनसीबीको कार्यालय नजिकै गोसावी र साम नामका व्यक्ति भेटेको देखेको दाबी गरेका छन् । साम भेटेपछि गोसावीले कसैसँग फोनमा कुरा गरिरहेका थिए जसमा २५ करोडमा बम राखेको र १८ करोडमा सम्झौता हुने थियो, जसमा ८ करोड समिर वानखेडेले पाउने थिए ।

उक्त कुराकानीमा शाहरुख खानकी म्यानेजर पूजा ददलानीबाट यो पैसा लिएको कुरा पनि उल्लेख गरेको बताएका छन् ।

सेलले उनलाई साक्षी बनाउन समिर वानखडे र एनसीबीका अधिकारीहरूले करिब ७ देखि ८ पृष्ठमा खाली पानामा उनको हस्ताक्षर लिएको बताएको छन् ।

उनी समीर वानखेडेबाट खतरामा छिन्, किनकि उनको अनुसन्धान जारी छ। प्रभाकरले गोसावीलाई मुद्दामा साक्षी बनाउन एनसीबीले जबरजस्ती गरेको दाबी गरे।

प्रभाकरका अनुसार यो षड्यन्त्रको पछाडि ती व्यक्ति हुन् जससँग गोसावीले आर्यनलाई फोनमा कुरा गराए। उक्त कुराकानीपछि मात्र आर्यनलाई हिरासतमा लिइएको थियो ।

छापा मार्नुअघि गोसावीले भेटेका साम नामको व्यक्तिलाई फेला पार्न पनि प्रभाकरले अपिल गरेका छन् ।

प्रकाशित मिति: Oct 25, 2021

प्रतिक्रिया दिनुहोस्