Logo
२१ बैशाख २०८१, शुक्रबार
(October 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री अनन्या पाण्डेसँग एनसीबीले आज पनि सोधपुछ गर्ने

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन मुम्बई क्रुज ड्रग्स केसमा पक्राउ परेपछि अहिले मुम्बई क्रुज ड्रग्स केसमा जाँचको आँच बढेर अब नायिका अनन्या पाण्डेसम्म पुगेको छ ।अनन्या बलिउड नायक चंकी पाण्डेकी छोरी हुन् ।

बिहिबार उनलाई सवा दुई घण्टा सोधपुछपछि एनसीबीले उनलाई आज बिहान ११ बजे पुनः बोलाएको छ । अनन्या बिहिबार तोकिएको समयभन्दा दुई घण्टा ढिलो गरी बेलुकी ४ बजे एनसीबी अफिस पुगेकी थिइन् र करिब ६ बजेर १५ मिनेटमा आफ्ना पिता चंकी पाण्डे र वकिलसँग एनसीबीको कार्यालयबाट बाहिर निस्किएकी थिइन् ।

अनन्यासँग आज आर्यनसँगको ह्वाट्सएप च्याट देखाएर प्रश्न सोध्न सकिने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले बताएका छन् । एनसीबी आर्यन खान र अनन्या पाण्डेको च्याटको अनुसन्धान गरिरहेको छ ।

उनीहरुका विद्युतीय उपकरण पनि जफत गरिएका छन् । बिहिबार मुम्बईको बान्द्रा इलाकास्थित अनन्या पाण्डेको घरमा एनसीबीले छापामारी गरेको थियो । उक्त छापामारी अनन्याको पाली हिलमा अवस्थित फ्ल्याटमा गरिएको थियो ।

छापा पछि अनन्यालाई सोधपुछका लागि बोलाइएको थियो । एनसीबीका अधिकारीले उनीहरुको घरबाट एउटा ल्यापटप, फोन र अन्य विद्युतीय उपकरण जफत गरेका थिए । त्यस्तै शाहरुख खानको घरको पनि विहिबार नै एनसीबीले छापा मारेको सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति: Oct 22, 2021

प्रतिक्रिया दिनुहोस्