Logo
६ जेष्ठ २०८१, आईतबार
(October 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इथियोपियालाई संयुक्त राष्ट्रसंघका कर्मचारी निकाल्ने अधिकार छैन : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इथियोपियाले संयुक्त राष्ट्रसंघका कर्मचारीलाई देश निकाला गर्न पाउने अधिकार नरहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा हिजो (बुधबार) उनले सो कुरा बताएका हुन् ।उनले भनेका थिए-इथियोपियालाई त्यस्तो अधिकार छैन, उसले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेर संयुक्त राष्ट्रसंघका कर्मचारीलाई देश निकाला गरेको छ ।

इथियोपियाले हालै मात्र एक सूचना जारी गरेर आफ्नो देशबाट संयुक्त राष्ट्रसंघका कर्मचारीले देश छोड्नुपर्ने बताएको थियो ।

इथियोपियाले ७२ घण्टाको समय दिएर देश छोड्न जारी गरेको सूचना कानुन विपरीत रहेको भनी संयुक्त राष्ट्रसंघ र अन्य देशले त्यसको विरोध गरेका थिए ।

प्रकाशित मिति: Oct 7, 2021

प्रतिक्रिया दिनुहोस्