Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा यामाहाको मोटरसाइकल र स्कुटरको मूल्य बढ्यो, यस्तो छ नयाँ मूल्य सूची

नेपाली बजारमा यामाहा मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि भएको छ । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले १५० सीसी भन्दा माथिका अधिकांश मोटरसाइकलको मूल्य वृद्धि गरेको छ ।

सरकारले केही दिन पहिले सार्वजनिक गरेको प्रतिस्थापन विधेयकमार्फत यी मोटरसाइकलको कर वृद्धि गरेको थियो । हालै काठमाडौंको भृकुटीमण्डमा एक्सचेन्ज मेला सम्पन्न गरे पश्चात अब यामाहाका यी मोटरसाइकलको मूल्य वृद्धि गरिएको हो ।

यामाहाको एफजी २५ को मूल्यमा १६ हजार रुपैयाँ वृद्धि भई ४ लाख ६२ हजार ९ सय रुपैयाँ पुगेको छ । त्यसैगरी आर१५ भी३ को मूल्यमा १५ हजार रुपैयाँले वृद्धि भई ४ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको छ ।

एफजेडएस एफआई भी३ को मूल्यमा १० हजार रुपैयाँले वृद्धि भई ३ लाख ४४ हजार ९ सय रुपैयाँ पुगेको छ ।यामाहाका स्कुटरको मूल्यमा १ हजार र २ हजार रुपैयाँले मात्र मूल्य वृद्धि गरिएको छ । यामाहाका स्कुटर भने ११३ र १२५ सीसीका मात्र छन् ।नेपाल अटो

यामाहा मोटरसाइकल र स्कुटरको नयाँ मूल्य सूची :

 

 

प्रकाशित मिति: Oct 3, 2021

प्रतिक्रिया दिनुहोस्