Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईफोन निर्माता कम्पनी एप्पलको इलेक्ट्रिक कार आउँदै

आईफोन निर्माता कम्पनी एप्पलले अब अटोमोबाइलमा डेब्यू गर्ने भएको छ । यतिबेला एप्पलको प्रोजेक्ट टाइटनको बारेमा निकै चर्चा चलिरहेको छ । रिपोर्टका अनुसार यसको लागि विशेषज्ञ र इन्जिनियरहरुको साथमा काम भइरहेको छ ।

एप्पलले यस सम्बन्धमा विभिन्न अटोमोबाइल कम्पनीहरुसँग कुराकानी भइरहेको चर्चा पनि चलिरहेको छ ।यद्यपि यसको पुरा विवरण सार्वजनिक भएको छैन ।

एप्पलको ड्राइभररहित अटोनोमस इलेक्ट्रिक कारको बारेमा लामो समयदेखि अनुमान चलिरहेको छ । दक्षिण कोरियाली अटो निर्माता कम्पनी हुन्डाई मोटर्ससँग भएको वार्ता पनि विना कुनै निष्कर्षमा टुङिगएको छ ।

त्यसपछि जापानी अटोमोबाइल कम्पनी निसानसँग पनि एप्पलको वार्ता भइरहेको चर्चा चलेको थियो ।तर यसलाई निसान कम्पनीले अस्वीकार गरेको थियो । एप्पलले निसान र हुन्डाईबाहेक एसके ग्रुप र एलजी इलेक्ट्रोनिक्ससँग कुराकानी भइरहेको बताइएको छ ।

रिपोर्ट अनुसार एप्पल र टोयोटा बीच वार्ताको लागि समय निर्धारित गरिएको छ । उक्त वार्तामा भेइकल विकासको लागि सम्भावित साझेदारी के हुन सक्छ भन्ने विषयमा वार्ता भइरहेको अनुमान गरिएको छ । सो वार्ता ब्याट्रीको विकासको लागि हुन सक्ने अनुमान गरिएको छ ।

रिपोर्ट अनुसार एप्पल सन् २०२४ सम्ममा सेमी अटोनोमस इलेक्ट्रिक साधन लन्च गर्ने तर्फ ध्यान केन्द्रित रहेको विश्वास गरिएको छ । यदि यो सत्य भएमा अटोमोबाइल क्षेत्रमा ठूलो हलचल सिर्जना गर्न सक्छ ।

यसले टेस्लालाई मात्र नभई अन्य अटो कम्पनीहरुलाई पनि चुनौती दिन सक्छ । हाल बजारमा शाओमी र हुवावे बाहेक अन्य इलेक्ट्रोनिक्समा आधारित कम्पनीहरु अटोमोटिभ स्पेसमा प्रवेश गरिरहेका छन् । नेपाल अटो

 

प्रकाशित मिति: Sep 5, 2021

प्रतिक्रिया दिनुहोस्