Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओला इलेक्ट्रिक स्कुटर दुई भेरिएन्टमा लन्च भयो, यस्तो छ मूल्य र फिचर !

भारतमा राइड सेयरिङ कम्पनी ओलाको बहुप्रतीक्षित इलेक्ट्रिक स्कुटर आइतबार लन्च भएको छ । कम्पनीले सो स्कुटर ९९ हजार ९९९ भारुमा लन्च गरेको हो ।

स्कुटर २ भेरिएन्टमा लन्च गरिएको छ । पहिलो भेरिएन्ट ओला एस१ हो, जसको मूल्य ९९ हजार ९९९ भारु तोकिएको छ भने दोस्रो भेरिएन्ट ओला एस१ प्रो हो जसको मूल्य १ लाख २९ हजार ९९९ भारु तोकिएको छ ।

ओला कम्पनीको यो पहिलो स्कुटर हो । यसको निर्माण तमिलनाडुस्थित फ्याक्टीमा गरिएको हो । उक्त कम्पनीले १ वर्षमा १ करोड स्कुटर तयार गर्न सक्ने क्षमताको रहेको कम्पनीले दावी गरिएको छ ।

ओला एस१ को बुकिङ पहिला नै सुरु भइसकेको छ ।ओला एस१ मा ग्राहकलाई आकर्षक गर्नका लागि कैयौ फिचर समावेश गरिएको छ । यसमा कनेक्टिभिटी विकल्पको साथमा ७ इन्चको टचस्क्रिन डिस्प्ले समावेश गरिएको छ ।

साथै रिभर्स मोड, क्रुज कन्ट्रोल, फास्ट चार्जिङ, बिल्ट इन स्पिकर र भ्वाइस कमान्ड फिचर पनि उपलब्ध रहेको छ । यसमा ३ राइडिङ मोड नर्मल, स्पोर्ट र हाइपर रहेको छ ।

उक्त स्कुटरमा पावरको लागि ३।९ केडब्ल्युएच क्षमताको ब्याट्री समावेश गरिएको छ । जसलाई ७५० वाटको चार्जरको मदतले ६ घन्टामा पुरा चार्ज गर्न सकिन्छ । ओला सुपरचार्जरबाट १८ मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिन्छ ।

ओला इलेक्ट्रिक स्कुटरमार्फत फुल चार्जमा १५० किलोमिटरको दुरी तय गर्न सकिन्छ । भारतीय बजारमा यो लामो रेन्ज भएको इलेक्ट्रिक स्कुटर मध्ये एक हो । यसको टप स्पिड १०० किलोमिटर प्रति घन्टा रहेको छ ।नेपाली अटो

प्रकाशित मिति: Aug 16, 2021

प्रतिक्रिया दिनुहोस्