Logo
२२ बैशाख २०८१, शनिबार
(August 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पवनदीप राजन बने ‘इन्डियन आइडल १२’ को विजेता

भारतीय टेलिभिजनको सबैभन्दा चर्चित रियालिटी शो ‘इन्डियन आइडल’ को सीजन-१२ को विजेता घोषणा भएको छ । सीजन-१२ को ट्रफी पवनदीप राजनले हात पारेका छन् ।

इन्डियन आइडल बिजेता पवनदीपले ट्रफी, २५ लाख भारतीय रुपियाँसँगै लक्जरी कार समेत जितेका छन् ।यसैगरी, दोस्रो स्थानको ट्रफी अरुणिता कांजीलालले हात पारिन् भने तेस्रो स्थानको ट्रफी सायली कांबलेले जितेका छन् ।

यस्तै, चौंथो स्थानमा मोहम्मद दानिश, पाँचौँ स्थानमा निहाल र शनमुखाप्रिया सबैभन्दा कम भोट प्राप्त गरेर छैटौँ स्थानमा परिन् ।

१२ घण्टा लामो फाइनल एपिसोडमा बलिउडका स्टारहरुको बाक्लो उपस्थिती रहेको थियो ।पवनदीप सीजनको सुरुवातदेखि नै निर्णायकहरु, दर्शक र प्रतिष्पर्धीहरुसमेतको प्रिय थिए ।

पवनदीप सीजन-१२ को सबैभन्दा चर्चित प्रतिष्पर्धी हुन् । उनी गीत गाउँदा आफै बाजाहरु पनि बजाउने गर्छन् । उनलाई गायक बप्पी लहिरीले आफ्नो तबलासमेत उपहारमा दिएका थिए ।

पवनदीपको जन्म सन् १९९६ को जुलाई २७ मा उत्तराखण्डको चंपावतमा भएको थियो । उनका पिता सुरेश राजन पनि गायक हुन् । उनका पिता उत्तराखण्डको सार्वजनिक कार्यक्रमहरुमा गाउने गर्छन् । उनका दुई बहिनी पनि छन् ।

कलेजका दिनहरुमा पवनदीपले युथ फेस्टिभलमा भाग लिएका थिए । जहाँ उनले गीत गाए । र बाजा पनि बजाए । उनी ‘द भ्वाइस अफ इन्डिया’ पनि गएका थिए ।

उनले सन् २०१५ मा ‘द भ्वाइस अफ इन्डिया’ जितेका थिए । उनले ५० लाख भारतीय रुपियाँ पनि जितेका थिए । साथै, अल्टोको कार पनि प्राप्त गरेका थिए ।

यसका साथै, उनले युनिभर्सल म्यूजिक ग्रुपसँग पनि पहिलो गीत रिलीज गर्ने कन्ट्र्याक्ट गरेका थिए ।

 

 

प्रकाशित मिति: Aug 16, 2021

प्रतिक्रिया दिनुहोस्