Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा आज होन्डा सीबी ३५० आरएस लन्च, ३५ हजार कम मूल्यमै देशभरका सोरुबाट पाइने !

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले बहुप्रतीक्षित होन्डाको सीबी ३५० आरएस मोटरसाइकल नेपाली बजारमा आज लन्च गरेको छ ।

नेपालमा होन्डा सीबी मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यो सीबी ३५० आरएसले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा होन्डा विश्वस्त रहेको बताएको छ ।

आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यो बाइकमा ३५० सीसीको इन्जिन रहेको छ । मोडर्न फिचरहरुले भरिपूर्ण बाइक ड्युअल टोन फ्युल ट्यांकमा ब्ल्याक विथ पर्ल स्पोर्ट्स एलो र पिन स्ट्रिपिङ फ्ययुल ट्ंयाकमा रेडिएन्ट रेड मेटालिक गरी २ विभिन्न रङहरुमा उपलब्ध छ ।

एड्भान्स डिजिटल एनालग मिटर, ड्युअल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज र रियल टाइम माइलेज जस्ता यस बाइकमा भएका धेरै मध्येका केही विशेषताहरु हुन् ।

आजै देखि नै केही ग्राहकलाई यो मोटरसाइकल डेलिभरी समेत गरिने होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले जनाएको छ ।

नेपाली बजारमा यो मोटरसाइकलको मूल्य ७ लाख ७५ हजार रुपैयाँ तोकिएको छ । तर बिक्री शुभारम्भको अवसरमा केही दिनका लागि यो मोटरसाइकल ७ लाख ३९ हजार ९ सय रुपैयाँमै उपलब्ध हुने बताइएको छ ।नेपाल अटो 

 

प्रकाशित मिति: Aug 4, 2021

प्रतिक्रिया दिनुहोस्