Logo
२२ बैशाख २०८१, शनिबार
(July 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा १४ हजार बढी मूल्यसहित दुई नयाँ कलरमा आयो सीएफमोटो १५० एनके !

सीएफमोटो १५० एनके मोटरसाइकल दुई नयाँ कलर भेरिएन्टसहित नेपाली बजारमा उपलब्ध भएको छ ।

नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक अन्ना इन्टरनेसनल प्रालिले ग्रे र ब्लु गरी दुई कलर अप्सनमा यो मोटरसाइकल उपलब्ध गराएको हो ।

यो मोटरसाइकलको मूल्य समेत पहिलेको तुलनामा १४ हजार रुपैयाँले वृद्धि भई ३ लाख ३५ हजार ५ सय रुपैयाँ पुगेको छ ।१५० एनकेमा १४९ सीसी सिगंल सिलिन्डर, लिक्विडकुल्ड इएफआई इन्जिन रहेको छ, जसले १४ बीएचपी पावर तथा १२.२ एनएम टर्क जेनेरेट गर्छ ।

६ स्पिडको ट्रान्समिसन रहेको यो बाइक १० लिटरको क्षमताको फ्यूल ट्यांक रहेको छ । सीएफमोटो १५०एनके बाइकमा अल डिजिटल डिस्प्ले, स्टाइलिस एलईडी डीआरएल, ईएफआई तथा ईसीयू सिष्टम र विभिन्न प्रकारका राइडिङ मोड उपलब्ध छ ।

आकर्षक सार्प लुक्स भएको यो बाइकमा एग्रेसिब हेडल्याम्प, दुई पिस सिट, लो पोजिसन राइडर सिट, स्पोर्ट्स तथा इकोनोमी राइडिङ अप्सन, ४० किलोमिटर माइलेज जस्ता बिशेषता रहेको छ ।

मोटरसाइकलमा सुरक्षालाई मध्यनजर गर्दै फ्रन्टमा २९२ एमएमको ट्विन पिस्टन क्यालिपर र रियरमा २२० एमएमको सिंगल पिस्टन क्यालिपर ब्रेक दिइएको छ ।

१५० एनकेको फ्रन्टमा यूएसडी टेलिस्कोप फ्रर्क र रियरमा सिंगल मोनेशक रहेको छ ।युरो फाइभ मापदण्डमा आधारित इन्जिन भएको यो बाइकमा चेन स्पोकेट, मिरर र एक्जस्ट सिस्टम पहिले भन्दा रिफाइन भएर आएको छ ।

कम्पनीले सीएफमोटो २५० एनकेको मूल्यमा पनि १५ हजार रुपैयाँले वृद्धि गरेको छ । अब यसको मूल्य ५ लाख ६५ हजार ५ सय रुपैयाँ पुगेको छ ।नेपाल अटो

 

प्रकाशित मिति: Jul 29, 2021

प्रतिक्रिया दिनुहोस्