Logo
२ जेष्ठ २०८१, बुधबार
(July 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन सलमानले हात जोडेर मागे सुनिल शेट्टीकी छोरी अथियासँग माफी !

बलिउड अभिनेता सलमान खान हाल भाइ अरबाज खानको च्याट शो ‘पिंच सीजन २’ को कारण कारण निकै चर्चामा रहेका छन् । यसै शोमा सलमानले सुनील शेट्टीकी छोरी अथियासँग माफी मागेका छन् ।

जसमा उनले आफ्नो जीवनसँग जोडिएका धेरै कुराहरु खुलाए। त्यसैबखत उनले सुनिल शेट्टीकी छोरी अथिया शेट्टीसँग माफी मागेका मागेका छन्।

कार्यक्रममा अरबाजले सलमानलाई सामाजिक सञ्जालमा क(कसलाई फलो गरेका छन् भनेर प्रश्न सोधेका थिए। ट्विटरमा चार करोडभन्दा बढी फलोअर्स भएका सलमानले इन्स्ट्राग्राममा जम्मा २७ जनालाई फलो गरेका छन्।

कार्यक्रममा अरबाजले तीन अभिनेत्रीको नाम दिए। कट्रिना कैफ, संगीता बिजलानी र अथिया सेट्टी। यीमध्ये कुन अभिनेत्रीलाई इन्स्टाग्राममा फलो गरेका छैनन् भन्दै सलमानलाई प्रश्न सोधे।

शुरुमा सलमानले आफ्नी पूर्व प्रेमिका संगीता बिजलानीलाई फलो नगरेको भनि बताए। तर, सलमानले अभिनेता सुनिल सेट्टीकी छोरी अथिया सेट्टीलाई फलो नगरेको भनि अरबाजले बताए।

जुन कुरा सुन्ने बित्तिकै सलमानले दुई हात जोडेर कार्यक्रमकै बीचमा अथियासँग माफी मागेका छन्। साथै अथियालाई आफूले अब फलो गर्ने समेत बताएका छन्।

सलमानले माफी मागेको भिडियोमा सुनिल शेट्टीले पनि प्रतिक्रिया जनाएका छन् । सलमानले माफी माग्नुको कारणबारे सुनिलसँग अन्तरवार्ताका क्रममा सोधिएको थियो ।

उक्त अन्तरवार्तामा सुनिलले भनेका छन्,‘सलमान मेरो परिवार जस्तै हुन् । उनी जे गर्छन्, मनबाट नै गर्छन् । उनले स्क्रीनमा अथियासँग माफी माग्नु सबैभन्दा प्यारो कुरा हो । अथिया र सलमानको बीच पनि निकै गहिरो सम्बन्ध छ । सलमान र अथिया एक अर्कासँग राम्रो सम्बन्धमा छन् । र, माफी एक व्यक्तिका लागि जरुरी कुरा पनि हो ।’

 

प्रकाशित मिति: Jul 26, 2021

प्रतिक्रिया दिनुहोस्