Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृह मन्त्रालयको प्रवक्तामा फणिन्द्रमणि पोखरेल

गृह मन्त्रालयको प्रवक्तामा सह-सचिव फणिन्द्रमणि पोखरेललाई दिने निर्णय गरिएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक रहेका पोखरेललाई मन्त्रालयको शान्ति सुरक्षा महाशाखाको प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरिएको हो ।

तराईका र पहाड गरी ७ जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका पोखरेलबारे शुक्रवार निर्णय भएको गृहका एक अधिकारीले बताए ।

हालका प्रवक्ता जनकराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा पठाइएको छ । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले कोशी बाढी पीडितको राहतमा पनि सक्रिय भइ काम गरेका थिए ।

उनले गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिवको रुपमा कार्यभार समालेका थिए

प्रकाशित मिति: Jul 25, 2021

प्रतिक्रिया दिनुहोस्